हङकङ साहित्यिक साझा श्रृंखलाको १०४ औ श्रृंखला मुक्तक विशेष


inbound798151163

नारायण भण्डारी २९ अगस्ट २०२१

हङकङ साहित्यिक साझा श्रृंखला ले आज आफ्नो नवौ वर्ष को अंक १०४ फरक तरिकाले मनाएको छ । विगतका कार्यकम हरुभन्दा फरक तरिकाले मनाएको यस कायममा साहित्य कै एक विधामा केन्देत रहेर कार्यक्रम गरिएको हो ।

हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार हङकङमा रहेका नेपाली साहित्यकारहरुको समुह मध्येको एउटा समुह जसले विगतका ९ वर्ष देखि निरन्तर रुपमा हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार का दिन एक ठाउमा भेलाभएर विभिन्न साहित्यिक भलाकुसारी का साथै नेपाल तथा हङकङ मा रहेका विभिन्न साहित्यकार हरुका कृतिहरूलाई विमोचन पनि गर्दै आएको छ । यसरी नै यो अगष महिनामा नेपाली साहित्यको एउटा मात्र निधामा केन्द्रित रहेर मुक्तकहरु वाचन गरिएको थियो जसमा केहि साहित्यिक व्याक्तित्वहरुले मुक्तक का साथै कविताहरू पनि वाचन गर्नुभएको थियो ।

हङकङ साहित्यिक साझा श्रृंखला का  वर्तमान संयोजक रमण गुरुङको समापतित्वमा संचालित कार्यक्रममा उपसंयोजक गिता अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।  कार्यक्रममा उपस्थित रहेका हङकङ का नेपाली साहित्यकारहरू मा साहित्यकार एवं साझा श्रृंखलाका संस्थापक संरक्षक चन्द्रमादेन अन्छन ज्यूले मुक्ताक को वारेमा परिचय दिनुभएको थियो भने डोम रना ले मुक्तक र कविता वाचन गर्नएको थियो यसरी नै उक्त कार्यक्रम मा इन्द्र राना वेलवहादुर थापा लाल वहादुर गुरुङ नारायण भण्डारी संध्या क्षेत्री  सुनिता गिरी ले आआफ्ना मुक्तक वाचन गर्नुभएको थियो भने अरुणा शर्माले तिज सम्वन्धि कविता वाचन गर्नुभएको थियो र पूर्व सहसंयोजक पूर्णिमा जी शाहले आफुले बनाएको पहिलो चित्र पनि चित्रकार एवं श्रृंखलाका संयोजक रमण गुरुङको हातवाट प्रदर्शन गर्नभएको थियो र आफुले लेखेक मुक्तक पनि वाचन गर्नुभएको थियो र  गायिका विनि राईले फुलको आखामा फुलै संसार गित गाउनुभएको थियो  यसैगरी उक्त कार्यक्रममा हङकङ नेपाली माहासंघले उपलव्ध गराएको फेस मास्क पनी वितरण गरीएको थियो। उक्तकार्यक्रम गुल्मेली अनलाई टिभीको फेसबुक पेजवाट प्रतक्ष प्रसारण गरिएको थियो भने उक्त कार्यक्रममा वाचन गरीएका रचनाहरु गुल्मेली अनलाईन टिभीको युट्युब च्यानल GO TV मा पनि राखिने भएको छ ।


Translate »