नारायण भण्डारी हङकङ २८ नोभेम्बर २०२१
हङकङ साहित्यीक साझा श्रृंखला ले आफ्नो ९ औ वर्ष को १०७औ सृङखला सदाको जस्तै जोर्डनमा रहेको नयापेजको सभाहलमा श्रृंखलाका संयोजक रमण गुरुङको अध्यतामा र भर्खरै सम्पन्न मगर संघ हङकङका नवनिर्वाचित अध्यक्ष श्री हर्क प्रसाद राना मगर प्रमुख अतिथी रहेको कार्यकम श्रृंखलाका संरक्षक श्री चन्द्र मादेन आन्छनले संचालन गर्नुभएको थियो ।
सदाको जस्तै आतिथिको आसन ग्रहण पस्चात उपस्थित संपूर्ण साहित्यिक व्याक्तित्वहरुले आ आफ्ना रचना वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए आजको कार्यक्रममा निर्वतमान संयोजक सुनिता गिरीको कविता गिता अधिकारीको गजल वाचन पूणिर्मा जि शाहको अंग्रेजी कविता अरुणा शर्माको कविता नारायण भण्डारीको छन्द कविता इन्द्र रानाको आमा कविता सन्ध्या क्षेत्रीको गजल र संस्मरण नरेन्द्र गुरुङको कविता यसैगरी कवि तथा साहित्यकार चन्द्र मादेन आन्छनको कविता लाल वहादुर गुरुङक कविता वाचन गरेका थिए ।
यसरी नै आजको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हर्क प्रसाद रानालाई उपस्थित संपूर्ण साहित्यिक व्याक्तित्वहरूले खादा ओडाएर सम्मान गर्नुभएको थियो भने यो कार्यकाल सफल र सम्झन लायक बनोस भन्दै शुभकामना व्यक्त गरेका थिए । नेपाली समुदायमा सानो देखि ठूलासम्मलाई उतिकै माया र स्नेह गर्ने राना जस्तो सुकै व्याक्तिसंगपनी छिटै र सजिलै घुलमिल हुनसक्ने व्याक्ति हुनुहुन्छ साथै अहिलेको मगर संघको अधिवेशनका समयमा देखिएको असमझदारीलाई पनी मिलाएर लैजान समेत रानालाई आग्रह गरेक थिए ।
कार्यकममा वाचन गरिएका श्रृजना हरुमाथी श्रृंखलाका पूर्व संयोजक एवं संरक्षक राजकुमार राईले समालोचना गर्नुभएको थियो र कार्यकमको समापन गर्दै कार्यक्रमका सभापति एवं श्रृंखलाका संयोजक रमण गुरुङले सदैलाई धन्यवाद दिदै आगाम कार्यक्रमहरूमा पनि उपस्थीतीको कामना गर्दै आफ्नो कविता वाचन गर्नभएको थियो र चिया खाजा खाएर विदाहुन आग्रह गर्नुभएको थियो र कार्यक्रमको अन्त्यमा सामुहिक तस्विर खिचाएर कार्यक्रमको विर्सजन गरिएको थियो ।