हङकङ साहित्यिक साझा श्रृंखलाको सह-संयोजकमा अरुणा शर्मा १०९ अंकमा एकै चोटि ३ वटा पुस्तक विमोचन


1319FEAC 68E1 43CD 84B2 64FE9AF9C34E

नारायण भण्डारी हङकङ २६ जुन २०२२

हङकङमा कोरोना कहरको पाचौ लहरको कारण र विविध कारणले ५ महिना सम्म स्थगित भएको कार्यकेरम आज पूनः जुन महिनाको अन्तिम आईतवार हङकङमा रहेको चुमलुङ हिल मा भएको कार्यक्रममा एकै दिन ३ जना श्रष्टाहरुको कृतीहरु विमोचन गरियो।

बिगत केहि महिनादेखि पूर्व सह-संयोजक गिता अधिकारी नेपाल गएपछि रिक्त रहेको हङकङ साझा श्रृंखलाको सह-संयोजकमा सर्वसम्मत रुपमा कवयित्री अरुणा शर्मालाई चयन गरिएको कुरा संयोजक रमण गुरुङले कार्यक्रममा जानकारी गराउनु भयो।

D273E5F7 D4BD 48DD AB50 7CE3B451E7A6

उक्त कार्यक्रममा रामकृष्ण वान्तवाको उपन्यास आमालाई चिठि यसैगरी  दिपा मेवाङ राईको यादहरुको सन्दुक र दिलिप वान्तवाको ताल्चा एकै साथ हङकङमा बिमोचन गरिएको थियो। साथमा हङकङका कवि कथा साहित्यिक व्याक्तित्वहरुले पनि आ-आफ्ना सृजनाहरु वाचन गरेका थिए। जसमा व्यंग्य कवी एवं संचारकर्मि नारायण भण्डारी “आर्यन” ले आफ्नो कविता साथै रोसन याक्सोको कविता, गितकार बिष्णु ईङनामको गित आमा, वाल कवयित्री सुनिश्का  याक्खाको कविता, संचारकर्मि एवं कवी टि बी याक्खाको शुभकामना, डोम रानाको कथा/सस्मरण, डि बी पालुङको कविता, बिसु सिवाको कविता, श्रृंखलाका संस्थापक संरक्षक राजकुमार राईको मन्तव्य, श्रृंखलाको नव नियुक्त अरुणा शर्माको कविता दिपा वान्तवाको समसामयिक विषयमा मन्तव्य लगायत संयोजक रमन गुरुङले कार्यक्रमको समापन गर्नुभएको थियो।

सदाका जस्तै कार्यक्रम पस्चात खाजा नास्ता गरेर कार्यक्रम समापन गरिएको थियो भने कार्यक्रमका तस्विरहरु टि.बी. याक्खाले कैद गर्नुभएको थियो भने कार्यक्रमको समया अबधिभर प्रतक्ष प्रसारण गुल्मेली अनलाईन टिभीको फेसवुकबाट गरिएको थियो।

 


Translate »