नारायण भण्डारी २४ सेप्टेम्वर २०२३ हङकङ
अगष्टको २७ तारीखमा हङकङमा भव्यताका साथ आफ्नो ११औ वार्षिकोत्सव मनाएको हङकङ साहित्यिक साझा श्रृंखलाले हिजो २४ तारिखका दिन १२४औ श्रृंखला संस्थाका संरक्षक दाजु गुरुङको अध्यक्षतामा कवि रोशन याक्शोले सॅचालन गर्नुभएको थियो। कार्यक्रममा गुणात्मक संख्यामा उपस्थित रहेको कार्यक्रमको सुरुवातमा साहित्यकार देबेन्द्र खेरेसले श्रृंखला ६ पुस्तक संगै कार्यक्रमको बारेमा समिक्षा गर्नुभएको थियो।
याउ मा तेईमा रहेको हिन्सको कार्यालयमा २ वटा कृतिहरु “आगो टेक्क्छ योद्दा” गजल संग्रह हाल दक्षिण कोरियामा रहेका विनेश राईकृत र वालकृष्ण माबुहाङको “ईःमानु निःमा” नियात्रा संगहलाई बिमोचन गर्दै हङकङ साहित्यिक साझा श्रृंखलाको छैठौ संस्करण “श्रृंखला ६” माथी समिक्षा गर्दै कार्यक्रम अगाडि बढाईएको थियो।
कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ र सह-संयोजक अरुणा शर्मा काम बिशेषले नेपालमा रहेता पनि नियमित रुपमा संचालन भएको थियो। उक्त कार्यक्रममा साहित्यकारहरु नारायण भण्डारी, अन्ना रानी, रोशन यक्सो लगायतले आफ्ना सृजनाहरु वाचन गर्नुभएको थियो भने सार्वजनिक गरिएका दुई कृति तथा वाचन गरिएका सृजनाहरु सहित समग्र कार्यक्रमबारे श्रृंखलाका संरक्षक दाजु गुरुङले छोटो टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नव उपस्थित अन्ना रानीले नेपाली भाषा सिक्नको लागि र साहित्यमा साधना गर्नेहरुकोलागि हङकङ साहित्यिक साझा श्रृंखलाले दिएको अवसरको लागि हृदयबाट धन्यवाद व्याक्तगर्दै आगामी कार्यक्रममा आफ्नो उपस्थिती रहने र नेपाली भाषा सुद्दताका साथ बोल्ने प्रयास गर्ने कुरा व्याक्त गर्नुभयो।
यसैगरी कार्यक्रममा हङकङका चिरपरिचित चित्रकार दिपेन्द्र राईले चाईनामा रहेको टेराकोटा शैनिकको वारेमा चित्रसहित टेराकोटा शैनिकको बारेमा ईतिबृतान्त कथा बताउनु भएको थियो।
भिडियोको लागि यो लिंकबाट हेर्नुहोला