हङकङ साहित्यिक साझॅा श्रृंखलाले मनायो आफ्नो १०८औ भाग


6B2183E7 E29E 4FBD 9A93 FF2CE40A0A21

नारायण भण्डारी हङकङ २६ डिसेम्वर २०२१

हरेक अंग्रेजी  महिनाको अन्तिम आईतवार मनाउदै आएको हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो वर्ष ९ को अंक १०८औ कार्यक्रम सदाका जस्तै जोर्डनमा रहेको नयॅा पत्रीकाको सभाहलमा भव्यताका साथ सम्पन्न गर्यो।

कार्यक्रममा संस्थाका संयोजक रमण गुरुङको अध्यक्षतामा संचालक संस्थापक संरक्षक चन्द्र मादेन आन्छनले निकै उत्कृष्ट तवरमा कार्यक्रमलाई गती दिईरहनुभएको थियो। बिहानको ११ बजे सुरु भएको कार्यक्रममा सबै साहित्य अनुरागी मित्रहरले आ-आफ्ना रचना वाचन गरेका थिए।

यसरी रचना वाचन गर्नेमा संस्थाका पूर्व संयोजक टि वी याक्खाले रचना वाचनको सुरुवात गर्नु भएको थियो यसैगरी रोशन याक्सो ले आफ्ना २ वटा गजल प्रस्तुत गर्नुभएको थियो, व्यंग्य कवी तथा संचारकर्मी नारायण भण्डारीले पनी आफ्ना २ वटा गजल प्रस्तुत गर्नुभएको थियो, यसरी नै रचना वाचन गर्नेहरुमा सन्ध्या क्षत्रीको कविता, ईन्द्र रानाको गजल र कवीता, गीता अधिकारीका २ वटा गजल, नविन सुहाङको गजल, बिष्णु ईङनामको कविता, अरुणा शर्माको कविता, निवर्तमान संयोजक सुनिता गिरीको कविता, र वाल प्रतिभा आर्यूश भण्डारीको परिचय साथै बिनिता राईको गीत, बेनु राईको गीत र रमण गुरुङको कविता संगै कार्यक्रम अन्त्य भएको थियो।

यसैगरी गजलकार एवं  हङकङ नेपाली माहासंघमा भर्खरै सम्पन्न भएको ११औ अधिवेसनबाट सर्वसम्मत उपाध्यक्षमा चुनीनुभएका नविन सुहाङलाई हङकङ साहित्यिक साझा श्रृंखलाको तर्फबाट खादा ओढाएर सम्मान एवं सफल कार्यकालको शुभकामना पनी प्रदान गरिएको थियो।

उक्त कार्यक्रमलाई गुल्मेली अनलाईन टिभीको फेसवुक पेजबाट प्रतक्ष प्रसारण गरिएको थियो भने वाचन गरिएका रचनाहरुलाई गुल्मेली अनलाईन टिभीको युट्युव चानलमा अपलोड गरिएको छ जसलाई तपाईहरुले यहॅा हेर्न सक्नुहुन्छ।

कार्यक्रमको उत्तरार्धमा गतहप्ता मात्र जन्मदिन परेकी कवयित्री सुनिता गिरी र मनिका पाण्डेले सर्पराईज केक काटिएको थियो र कार्यक्रमको लगत्तै बिहानी खानाको व्यवस्था गरीएको थियो र उपस्थित सबैले खाना ग्रहण पस्चात कार्यक्रवाट बिदा भएका थियौ ।

 


Translate »