आदिकवि भानुभक्त आचार्यको जन्मदिन मनाउदै हङकङ साहित्यिक साझा श्रृंखलाले मनयो ११० औ भाग


9BA6D81E 34EA 42D4 8D16 33F272FFAF02

नारायण भण्डारी हङकङ ३१ जुलाई २०२२

हङकङ साहित्यिक साझा श्रृंखलाले विगतको महिनादेखि निरन्तरता दिदै आएको हरेक अंग्रेजी महिनाको अन्तिम आइतवार मनाउदै आएको श्रृखला यो महिना बिशेष गरी नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २०९औ जन्मजयन्ती मनाएर आफ्नो कार्यक्रमलाई निरन्तरता दियो।

हरेक महिना कुनै साहित्यकारको जन्मजयन्ती परेमा सोहि अनुसार कार्यक्रम गर्ने कुरालाई निरन्तरता दिदै आएको हङकङ साहित्यिक साझा श्रृंखलामा बिभिन्न साहित्यकारहरुको कृतिहरुलाई पनी हङकङमा बिमोचन  समेत गर्दै आएको छ। यसै परिपेक्षमा आज पनी सिम्रन क्षेत्रीको झुमर, चन्द्र गुरुङको जब एउटा मान्छे हरायो र नरजित राईको नसकिने बाटो लोकार्पण गरिएको थियो।

यसैगरी कार्यक्रममा उपस्थित साहित्यिक श्रष्ठाहरुले आ-आफ्ना सृजनाहरु वाचन गरेर कार्यक्रमको माहोललाई तताउनुभएको थियो जसमा पूर्णिमा जि शाहको कविता, रोशन यक्सोको कविता, गायिका मञ्जु थापाको गित, नारायण भण्डारी आर्यनको २ वटा गजलहरु, ईन्द्र रानाको कविता, भुपेन्द्र चेमजोङको कविता, वालकवि सुनिस्का याक्खा, सुनिता गिरीको भानु संवन्धि कविता, दाजु गुरुङको गित, दिपा एवाई राईको वक्तव्य, हङकङ साहित्यिक साझा श्रृखलाकी सह-संयोजक अरुणा शर्माको भानु संबन्धी कविता, नरजित राईको कविता र रमन गुरुङको कविता संगै औपचारीक कार्यक्रम सकिएको थियो।

समय प्रसंग अनुसार नेपाली चालचलन र संस्कृती अनुसार आज साउन पन्ध्र पनि परेको र केहिदिन अगाडि वालकवि सुनिस्का याख्खाको जन्म दिनपनि भएकोले जन्मदिनको केक काटेर जन्मदिन मनाईयो भने साउन पन्ध्रको खिर खाएर साउन पन्ध्र पनि मनाईएको थियो । उक्ता कार्यकेरका तस्विरहरु बगैचा डटकमका पत्रकार टि वी याख्खाले कैद गर्नुभएको थियो भने कार्यक्रमको लाईभ प्रसारण हाम्रो गुल्मेली अनलाईन टिभीबाट प्रतक्ष प्रसारण गकेका थियौ।

वाचन गरिएका रचनाहरुको मात्र भिडियो


Translate »