हङकङको सेन्ट मे स्कुलले आफ्ना बिधार्थीलाई दियो दशै बिदा


D850F6F3 D9DE 439B A928 AE466E3D6990

नारायण भण्डारी हङकङ १५ अक्टोवर २०२१

आज नेपालीहरुको माहानचाड वडादशै अर्थात विजया दशमी सवैको घर घरमा हर्सोल्लास पूर्वक मनाउने गरीन्छ।  असोज सुक्ल द्वितियाको दिनबाट जमरा राखेपछि सुरुहुने दशै नौ दिन सम्म फरक फरक देवीको पुजागरी मनाईन्छ भने दशमीको दिन आज आफुभन्दा ठुलावडा मान्यजनहरुको हातबाट टिका र जमरा प्रसाद स्वरुप लगाईन्छ र आषिस पनी दिने मुख्य चलन छ।

हङकङमा पनी करीव २०/२५ हजारजना नेपालीहरु रहेको ठाउमा पनी निकै रमाईलो र उत्साही साथ दशै मनाउने गरीन्छ यसै अवसरमा हङकङमाको जोर्डनमा रहेका नेपाली बिधार्थिहरुको बाहुल्यता रहेको  किन्डरगार्टेन स्कुलले पनी आफ्ना बिधार्थीहरुकोलागी आज दशै विदा दिएको छ यस कार्यबाट नेपालीनानीबाट झगडागर्दै र रुहाउदै आजको दिनमा स्कुल पठाउन नपर्ने भएको छ।

बिषेस गरी नेपालीहरुको चाडवाडको समयमा २/३ दिन अगाडीबाटै तयारी सुरुहुनेहुनाले साना नानीबाबुहरु त्यो तयारीदेख्दा घरमा नै बस्न रुचाउने र स्कुल जानपरेपनी रुदै रुदै जाने अर्थात दुखी भएर जाने समस्याबाट बन्चित भएका छन यसको हामी संपूर्ण अभिभावक लगायत संपूर्ण सनातनी हिन्दुधर्मालम्विहरुले खुलेरै प्रसंसा गर्नुपर्ने हुन्छ।

हाम्रो नेपालमा समेत परापुर्वदेखी दिदैगरेको कतीपय चाडपर्वका छुट्टिहरुलाई कटौती र बिबादास्पद गराउदै लगिएकोमा बिदेशी स्कुलले यस खालको कामको सुरुवात गर्नुलाई राम्रो कामको रुपमा लिनुपर्ने हुन्छ।

” हजुरहरु संपूर्णलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना” व्याक्त गर्दछौ गुल्मेली अनलाईन टिभी परिवार


Translate »