हङकङ साहित्यिक साझा श्रृंखलाले भव्यताकासाथ मनायो १२० औ अंक


२८ मे २०२३ हङकङ

हङकङमा बिगत ११ वर्षदेखि निरन्तररुपमा हरेक महिनाक अन्तिम आईतवार संचालन गर्दै आएको मासिक कार्यक्रम यो महिना २८ मे २०२३ का दिन जोर्डनमा रहेको बगैचा रेष्टुरेण्टमा आफ्नो वर्ष ११ को १२०औ अंक भव्यताका साथ संपन्न गरेको छ।

संस्थाले नियमित रुपमा रचना वाचन र बिभिन्न स्रष्टाहरुका कृतीहरुलाई बिमोचन र लोकारपण समेत गर्दै आईरहेको छ।आजपनि हङकङ साहित्यिक साझा श्रृंखलाको १२०औं श्रृंखलामा तीनजना श्रष्टाहरुका निम्न कृतीहरुको लोकार्पण गरीएको छ।

IMG 0520
१) आदिवासी विद्रोहको इतिहास – राजकुमार दिक्पाल  (Rajkumar Dikpal )
२) म युग बगिरहेछु – सुनिता कन्दङ्वा राई   (Sunita Rai Kandangwa )
३) गीता ज्ञान गंगा – टी.एन सुवेदी ( T N Subedi)

सबै सर्जकहरुलाई धेरै धेरै बधाई अनि शुभकामना पनि व्याक्तगर्न चाहान्छौ ।

साथै आजको कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृंखलाका निकै पुराना एवं हङकङका चर्चित साहित्यिक व्याक्तित्वहरुको उपस्थितीले पनि कार्यक्रम बढि रोचक बनेको थियो आजको कार्यक्रममा उपस्थित भएर रचना वाचन गर्ने तथा मन्तव्य व्याक्त गर्नेहरु यसप्रकार छन

रमण गुरुङ, सुनिता गिरी, नारायण भण्डारी, अरुणा शर्मा, अशोक राई, प्रदिप लिम्वु,  शिब कुमार राई, रेणु बानिया, नरेन्द्र गुरुङ, बिन्नी लामा राई, जुनु राना, टि बी याक्खा , सुनिस्का याक्खा,  रोशन याक्सो, दाजु गुरुङ, ध्रुवदेव गुरुङ, नविन सुहाङ, लिला निरौला ढुंगाना, देवराज राई र  नरेश सुनुवारको पनि उपस्थिती रहेको थियो।

 

आज वाचन गरेका सृजना हरुमध्ये अधिकांस सृजना प्राविधिक गडबढिका कारणले समेटन नसकेकोमा क्षमा याचना गर्दछौ 🙏


Translate »