नेपाली माहावाणिज्य दुत उदय राना प्रमुख अतिथी भएको ११२औ साहित्यिक श्रृंखला बन्यो ऐतिहासिक


CB191FDA B9EC 4B33 B7CE 9DB2853CAEDB

नारायण भण्डारी हङकङ २६ सेप्टेम्वर २०२२

बिगत १० वर्षदेखी निरन्तर हरेक महिनाको अन्तिम आईतवार हङकङेली नेपाली साहित्यलाई मायागर्ने साहित्यमा कलम चलाउने र साहित्यलाई सुन्न रुचाउने व्याक्तित्वहरु एकै ठाउमा भेला भएर रचना वाचन गरीने कार्यक्रम हङकङ साहित्यिक साझा श्रृखलाले आफ्नो ११२औ भाग साहित्यिक पदयात्रा २ भव्यताका साथ सु सम्पन्न गरेको छ।

बिशेषतः कुनै निर्धारीत हलमा गरीने कार्यक्रम हल बाहिर प्रकृतिको सामिप्यतामा रहेर कार्यक्रम गर्दा निकै पृथक अनुभुती साहित्यिक व्याक्तित्वहरु र अन्य व्याक्तित्वहरुले आ-आफ्नै तवरले व्याख्या गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा हङकङ नेपाली माहावाणिज्यदुत श्री उदय बहादुर राना ज्यु रहनुभएको थियो। हङकङेली हरुको पुर्ख्यौली पेसाको ईतिहास बोकेको आमा रक जहा बाबा माछा मार्न गएर नफर्केपछि पहाडको अग्लो ढुंगामा बसेर बाबाको प्रतिक्षामा रहेका श्रीमति र छोरीको आकृती अंकित गरीएको छ। नैले बुझेसम्म सारांसमा सयको अर्थ यहि नै रहेछ। अन्यथा पर्न गएमा माफि चाहान्छु।

A2F1F369 3D9E 4332 B262 26799B787AA0

मंकिहिलमा जम्मा भएर हङकङ साहित्यिक साझा श्रृखलाको नाम र लोगो अंकित टि-सर्ट लगाएर सबै सहभागीहरुलाई पानी र खाना बितरण गरेपछि हिजो आईतवार २५ सेप्टेम्वरका दिन करिव बिहान ९ः४५ बजेबाट पदयात्रा सुरु गरेका थियौ। कार्यक्रममा हङकङेली साहित्यकार का अलाबा व्यापारी र पदयात्रागर्न मन पराउने व्याक्तित्वहरुको बाक्लो उपस्थिती थियो।

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

विल्सन ट्रेल  (आमा रक)को नाके उकालो हुदै आमा रकमा पुगेर सामुहिक एवं एकल तस्विरहरु खिचिसकेपछि पुन तल समथर ठाउमा आएर आफ्नो नियमित कार्यक्रम रचना वाचन सुरुगरेका थियौ। बिनिता लिम्वुको गजलबाट सुरु भएको रचना बाचन कार्यक्रममा २/३ वटा आमा रकको बारेमा र आमाको संझनामा रचिएका रचनाहरु बाहेक धेरै गद्द कविताहरुनै वाचन गरीएका थिए।

रचनाहरु वाचन पस्चात प्रमुख अतिथी श्री उदय बहादुर रानाज्यूले आफुलाई साहित्य सुन्न निकै पर्ने तर लक्ष्मिमाताले आफुलाई कविता लेख्ने वरदान नदिएको भन्दा उपस्थित दर्शकहरुको दीर्घाबाट हासोको फोहोरा फुटेको थियो भने उक्त कार्यक्रम नितान्त नेपाली भाषासंग संबन्धित रहेको हुनाले सुद्ध नेपाली भाषामै लेख्न सुल्झाउनु भएको थियो कवितामा नेपाली बाहेक अन्य भाषाक प्रयोगले कविताको सौन्दर्यता नदिने कुरामा जोड दिनुभएको थियो।

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

रचना वाचन गर्नेहरपमा बिनिता लिम्वु, रोशन याक्सो, मोती चाम्लिङ, जुनु राना, पूर्णिमा जी शाह, नरजित राई, नरेन्द्र गुरुङ, सुनिता गिरी, अरुणा शर्मा, बालकवी सुनिस्का याख्खा, नारायण भण्डारी, टि बी याक्खा र हङकङ साहित्यिक साझा श्रृखलाका संयोजक रमण गुरुङले पनी कविता सुनाउनु भएको थियो।कोहि कसैको नाम छुटेको भए क्षमा चाहान्छु।

कार्यक्रम समापनको अवसरमा बोल्दै संयोजक रमण गुरुङसे माहाबाणिज्यदुतको आगमनले हामीहरुलाई निकै उत्साहि भएका छौ र साच्चै नेपाल सरकारको उपस्थिती भएको महसुस गरेका छौ भन्दै धन्यबाद अर्पण गर्नुभएको थियो।अन्यमा नाचगानगरी कार्यक्रममा रौनकता पनी थपिएको थियो।

उक्तकार्यक्रमको प्रतक्ष प्रसारण गुल्मेली अनलाईन टिभीको फेसवुक पेजबाट गरीएको थियो भने सुन्दर तस्विरहरु बगैचा डटकमाका पत्रकार टि बी याक्खाले कैद गर्नुभएको थियो।

दशैको साईत रहेको यो भिडियो हेरेर धेरैकुरा थाहा पाउनुहोस

 


Translate »