नारायण भण्डारी हङकङ २४ मे २०२२
हङकङको काउलुन साईडको मङकोकमा रहेको लाङघाम प्यालेसको चौथो तल्लामा रहेको वच्चाहरुको खेलौना पाईने पसलKK Plus Store मा हिजो एकजना हङकङेली बच्चाले दुर्घटनाबस उक्त टोय लडेर फुटेको हो।
उक्त पसललका कर्मचारीले उक्त टोयको मुल्य हङकङ डलर ५२,८०० रहेको र सोहि मुल्य तिराउन वच्चाको आमालाई ताकेता गरेका थिए। रोचक कुरात के रहेछ भने उक्त बच्चाले किक हानेर लडाएको भनेर जुन आरोप पसललेले लगाएका थिए त्यो आरोप नै निराधार रहेछ। वच्चा हिड्दै जादा वच्चाको सरिरको पछाडिको भागले छोएर टोय पल्टेर क्षत विक्षत भएको रहेछ।
हिजो राती देखी हङकङेली (चाइनीज) हरुको सामाजिक संजालमा यत्र तत्र सर्वत्र यसैको विषयमा चर्चा र पसलप्रती कटाक्ष गरीएको छ। वास्तवमा वच्चाको परीवारले हङकङ डलर ३०,००० चाहि तिरेका रहेछन। तर त्यतीमहंगो टोय लाई किन कुनै सावधानीका साथ राखिएन चर्चाको विषय यो रहेको छ।
हामी जतिपनी हङकङमा बस्ने मानिसहरु छौ सबैले कुनैपनी टोय सपमा आफ्ना वच्चा लिएर जादा उनिहरुको एकदमै ख्याल गरौ किनभने यती कुनै भुलवस यस्ता घटना भएमा हामीलाई लागत मुल्यभन्दा बढिनै उनीहरुले तिराउने गर्दछन। भाषाको अनभिज्ञताका कारणले हामीले बलियो तर्क दिन पनी सक्दैनौ र गल्ती त फेरी हामी वा हाम्रो बच्चाबाटै भएको छ। निकै होसीयारीका साथ सामान किन्न जानेगरौ।
यो घटना लाङघाम प्यालेस मङकोकको चौथौ तल्लामा रहेको लेगो सपको छेउछाउमा रहेको सप हो सबैजना सतर्क रहनुहोला सरभर यस्ता पसलमा नहएकै बेस।