भोली सोमवार १८ मार्चदेखि हङकङमा ट्राफिक नियम उलङ्घन र जेव्राक्रसिङमा कडाई गर्ने


नारायण भण्डारी हङकङ १७ मार्च २०२४

हङकङ प्रहरीले घोषणा गरेअनुसार  उनीहरूले लापरवाही पुर्वक ड्राईभिङ गर्ने र पैदल यात्रुहरूलाई बेवास्ता गर्ने लगायत ड्राइभिङ उल्लङ्घनहरू विरुद्ध लड्न भोली सोमबार १८ मार्च देखि शहरभर ठूलो मात्रामा कानून प्रवर्तन अभियान सुरु गर्नेछन। क्रसवाकमा, तीव्र गतिमा, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र ट्राफिक बत्ती र संकेतहरूलाई बेवास्ता गर्ने लगायत प्रहरीले पनि जेव्राक्रसिङलाई पनि कारबाही गर्न पहल गर्ने छ ।

प्रहरी तथ्याङ्क अनुसार २०२३ मा कूल ९८ वटा घातक सवारी दुर्घटना भएका थिए जसमा ९८ जनाको मृत्यु भएको थियो, २०२२ को तुलनामा करिब १०% ले वृद्धि भएको थियो। मृत्यु हुने मध्ये ६३% (६२ जना) पैदलयात्री थिए, जुन सबैभन्दा उच्च अनुपात हो। यी पैदलयात्री मृत्युहुनेहरू मध्ये, ३९-६५ वर्ष वा माथिका वृद्ध व्यक्तिहरू थिए, जुन सबै पैदल यात्रीहरूको मृत्युको ६३% हो।

गत वर्ष १,००९ वटा घातक र गम्भीर चोटपटक भएका सवारी दुर्घटनाहरूको विश्लेषणले देखाएको छ कि संलग्न सवारी साधनहरूमध्ये व्यापारिक सवारी साधनहरू सबैभन्दा बढी अनुपातमा रहेका छन्, जसमा मालवाहक सवारी २७%, ट्याक्सी २०%, र मिनीबस १६%  शीर्ष स्थानमा रहेका छन। यसबाहेक २०२३ मा यी दुर्घटनाहरूको मुख्य कारण चालकको लापरवाही थियो ३२२ घटनाहरू ३२%, जुन 2022 को तुलनामा २०% भन्दा बढि चिन्ताजनक वृद्धि हो।

सडक सुरक्षाको जनचेतना जगाउन प्रहरी ट्राफिक मुख्यालयले अन्य विभागहरूसँग मिलेर हङकङका विभिन्न स्थानमा मार्चदेखि प्रवर्द्धनात्मक र शैक्षिक गतिविधिहरू सञ्चालन गर्नेछ।

स्रोतः- डिमसमडेली


Translate »