नारायण भण्डारी हङकङ २२ फेब्रुअरी २०२२
हङकङमा कोभिड-१९ को महामारी पाँचौं लहरमा पनि उत्कर्षमा अझै पुगेको छैन तर एकै दिनमा कुल सङ्क्रमितको सङ्ख्या ७,५०० भन्दा बढीको नयाँ उचाइमा पुगेको छ र दैनिक रुपमा नयॅा रेकर्ड कायम राख्दै गैरहेको छ। HKUMED WHO कोलाबोरेटिङ सेन्टर फर इन्फेक्टियस डिजिज इपिडिमियोलोजी एन्ड कन्ट्रोल र एक डाटा एनालिटिक्स कम्पनीले गरेको विश्लेषण र अनुमान अनुसार, महामारीको पाँचौं लहर अर्को महिनाको सुरुमा आफ्नो चरम सीमामा पुग्न सक्नेछ, र पुष्टि भएका घटनाहरूको दैनिक संख्या, १,८३,००० मा पुग्ने अपेक्षा गरिएको छ। जबकि औसत दैनिक मृत्युका घटनाहरू सोही अवधिमा प्रति दिन १०० पुग्ने पनी अनुमान गरेका छन।
उक्त टोलिले अहिले सरकारले गरेको माहामारी बिरोधि अभियान त्यती प्रभाबकारी नभएको देखिएकोले त्यसैले पुष्टि भएका घटनाहरू र मृत्युको पूर्वानुमान बढाइएको थियो। भर्खरको पूर्वानुमान अनुसार, पुष्टि भएका केसहरू क्रमश मे महिनाको मध्यसम्म एक दिनमा ४०० जना भन्दा कम घट्ने नसक्ने हुन सक्छ र मेको मध्यसम्ममा ३,२०० भन्दा बढी व्यक्तिहरू COVID-19 भाइरसको कारणले मर्नेछन।
हङकङ युनिभर्सिटिको टोलीले हङकङ सरकारले सहरमा ठूलो मात्रामा तालाबन्दी (लकडाउन) गर्ने जस्ता प्रभावकारी उपायहरू नगरेमा महामारीको विकासको प्रवृत्ति परिवर्तन नहुने सुझाव दिएको छ।त्यसैले कोरोनाको यो पाचौ लहरको माहामारी नियन्त्रण गर्ने प्रमुख उपाय भनेकै लकडाउन रहेको टोलिले निस्कर्ष निकालेको छ।