नारायण भण्डारी हङकङ १ जुलाई २०२४
हिजो अर्थात जुन महिनाको अन्तिमआईतवार नेपाली साहित्यका बिभिन्न विधाहरुलाई समेटेर वाचन छलफल र विचार विमर्स साथै पुस्तक विमोचन गरिदै आएको हङकङ साहित्यिक साझा श्रृंखलाको १३३औ भागमा असार पन्ध्रमा जसरी दहि चिउरा खाएर पनि खादै सवैका मिठा मिठा रचनाहरु पनि सुनेर रमाईलो गरीयो।
हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ काम विशेषले अनुपस्थित भएको कारणले संरक्षक टंक संवाहम्फेको अध्यक्षतामा श्रृंखलाकी सहसंयोजक अरुणा शर्माले कार्यक्रमको संचालन गरेकी थिईन।
कार्यक्रम याउ मा तेईमा रहेको हिंसको कार्यालयमा भएको थियो। कार्यक्रमको सुरुवातमै संचारकर्मी नारायण भण्डारीले असार पन्ध्रमा दहिचिउरा खानेवारेमा र यश पर्वको महत्वको वारेमा जानकारी गराएका थिए। यशैगरी कार्यक्रममा रचना वाचन गर्नेहरुमा नारायण भण्डारी, नविन सुहाङ, डोम राना, पूर्णिमा जि शाह, जानुका लिम्वु, सुनिता गिरी, रोशन याक्सो, अरुणा शर्मा, लिला निरौला लगायतले आ आफ्ना रचनाहरु वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए भने कार्यक्रमको अन्तिममा कार्यक्रमका सभापति टंक सम्वाहम्फेले कविता यशको महत्व र यसले समाज र मानिसको जिवनमा पार्ने प्रभावबारे बताएका थिए। साहित्यिक रचना वाचन संग असार पन्ध्रसंग सम्वन्धी परिकारहरु खाएर रमाईलो गरीएको थियो। यशरी नै बिगत १२ वर्षदेखी हङकङमा नेपाली वाङ्मयको विकासमा समर्पित भएर कार्यक्रम गरीदै चाड पर्वलाई समेत संगै लैजादै रमाईलो तरीकाले कार्यक्रम गरीदै आईएको छ। यदि तपाईपनि हङकङमा वस्नुहुन्छ र साहित्यमा रुचि राख्नुहुन्छ भने तपाईहरुलाई हरेक ॲग्रेजी महिनाको अन्तिम आईतवार हामी स्वागत गर्न हामी आतुर छौ।