नारायण भण्डारी हङकङ १ जनवरी २०२४
सन अंगेजी वर्ष २०२३को अन्तिम दिन डिसेम्वर महिनाको अन्तिम दिन र डिसेम्वर महिनाकै अन्तिम आईतवार यसरी तिनवटै कुराको अन्तिम भएपनि हङकङ साहित्यिक साझा श्रृंखलाको वर्ष १२ अंक १२७ भने निकै रमाईलो गरी भव्यताका साथ सम्पन्न भएको छ। नेपालबाट आउनुभएकी कार्यक्रमकी प्रमुख अतिथी संघिय प्रदेश सभाका संसद एवं कवयित्री मिना श्रेष्ठका साथै विशेष अतिथीमा दार्जिलिङबाट हङकङमा साङ्गीतिक कार्यक्रम गर्न आएका गायक प्रवल थापाको आशन ग्रहण रहेको थियो।
कार्यक्रममा संस्थाका संरक्षक रमण गुरुङको सभापतित्व, कवयित्री मिना श्रेष्ठ प्रमुख अतिथी, प्रवल थापा विशेष अतिथी रहेको कार्यक्रमको संचालन भने संस्थाकी सह-संयोजक अरुणा शर्माले गर्नुभएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै कवि एवं गितकार जानुका काम्वाहाङले सबैलाई स्वागत गर्नुभएको थियो।
संस्थाकि पूर्व सह-संयोजक पूर्णिमा जि शाहको कविता संगै सुरु भएको रचना वाचन कार्यक्रममा कवि एवं संचारकर्मि नारायण भण्डारीले आफ्नो कविता हङकङ र हामी नेपाली वाचन गरेका थिए भने धेरैले उक्त कविताको वारेमा यथार्थपरक कविताले मन छोएको वारेमा कुरा गरेर कविलाई थप उत्साहि गराउनु भएको थियो। उक्त कार्यक्रममा गायिका बिन्नी लामाले कुन्ती मोक्तानको गित गाएर मनोरञ्जन गाएउनु भएको थियो भने गायक प्रवल थापाले पनि आफ्नो गित गाएर थप माहोल तताउनु भएको थियो।
उक्त कार्यक्रममा बिभिन्न लेखकहरुका ६ वटा कृतीहरुको लोकार्पण पनि गरिएको थियो जसमा
१) गाउँ फर्किरहेको परदेशी – सयपत्री थुलुङ
२) उत्ताल – Vijay Bantawa Kailashi
३) रसिया राग – करुणा राई
४) दगुरिहिँड्ने चौबाटो – Sudeep Pakhrin
५) अन्तिम सेलो – योन्जन इन्दु तामाङ
६) फर्गेट एस्टर्डे – मीना श्रेष्ठ
रहेका थिए प्रमुख अतिथी कवयित्री मिना श्रेष्ठले आफ्ना आधा दर्जन कविहरु वाचन गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथी र विशेष अतिथीलाई ताम्रपत्रले सम्मान समेत गरीएको थियो। उक्त कार्यक्रमको संक्षिप्तमा समिक्षा साहित्यकार देवेन्द्र खेरेसले गर्नुभएको थियो।
हङकङमा चित्रकारीता गरीरहनु भएका चर्चित चित्रकार दिपेन्न्द्र राईको मुहार चित्र टेकवीर मुखीया पनि प्रदर्शन गर्दै उहाको वारेमा प्रकाश पार्नुभएको थियो
कार्यक्रमका सुन्दर तस्विरहरु फोटो पत्रकार टि वी याक्खा र एन एच डि डि का डाईरेक्टर देवमान लिम्वुले कैद गर्नुभएको थियो भने भिडियो गुल्मेली अनलाईन टिभी र गुल्मी खवरका पत्रकार नारायण भण्डारीले गर्नुभएको थियो।
उक्त कार्यक्रमका भिडियोहरु क्रमस यसै च्यानलमा आउने छन हाम्रो च्यानललाई सव्सक्राईव गर्न नभुल्नुहोला धन्यवाद ।