कक्षा १२ को परिक्षाफल प्रकासित हेर्नुहोस कुन ग्रेडमा बढि पास भए


3E1350F0 0EE9 4D22 88C5 E4D5225AD175

नारायण भण्डारी १६ मंसिर २०७८ (०३ डिसेम्वर २०२१)

नेपाल राष्ट्रिय परीक्षा बोर्डको आज शुक्रबार बिहान बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आज बिहानको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

तीन लाख ८५ हजार विद्यार्थी सामेल भएको परीक्षामा सबैभन्दा बढी बिधार्थीले बी ग्रेड ल्याएर पास गर्ने  रहेका छन् । करिब एक लाग विद्यार्थी बी ग्रेडमा पास भएका छन् । त्यस्तै सात हजार ३६ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । ४८ हजार तीन सय ३९ जना परीक्षार्थी ए ग्रेडमा पास भएका छन् । सी र डी ग्रेड ल्याउने विद्यार्थी पनि रहेको नियन्त्रक शर्माले जानरकारी दिए । साथै, ई ग्रेड ल्याउने विद्यार्थीको संख्या १० हजारको हाराहरीमा रहेको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

यसरी दुईपटक स्थगित गरेपनी पछिल्लो तालिका अनुसार परिक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थितमा भएर गराइएको थियो।

 


Translate »