नारायण भण्डारी हङकङ २७ फागुन २०७८
नेपालमा भ्रमण गर्नु भन्दा अगाडि हामी प्रदेशमा हुने नेपालीहरुको लागि टाउको दुखाईको कारण बन्थ्यो पि सि आर रिपोर्ट बनाउने चिन्ता हुन्थ्यो। हुन पनी कतिपय ठाउमा पि सि आर को लागि लाग्ने सुल्क पनी महंगो पर्ने र नेपाल जाने उडान पनी कतीपय समयमा निकै ढिलो हुदा कतै नेपाल पुग्दा ७२ घन्टा काट्ने पो हो की भन्ने निकै चिन्ता हुन्थ्यो।
तर २०७८ फागुन १६ गले बसेको मन्त्रिपरिसदको निर्णयले भने अबदेखी कोरोना बिरुद्धको खोप लगाएको प्रमाण देखाएमा पि सि आर रिपोर्ट नचाहिने निर्णय गरेको छ। चाहे यात्रु स्थल मार्गबाट होस वा हवाई मार्गबाट आएपनी कोरोना बिरुद्धको दुबै डोज खोप लगाएको प्रमाण पत्र देखाएमा पुग्ने तर कोरोना बिरुद्धको खोप लगाएको छैन भने ७२ घन्टा नकाटेको पि सि आर रिपोर्ट देखाउनु पर्ने निर्णय गरेको छ।