नारायण भण्डारी हङकङ १९ मार्च २०२२
हङकङ सरकारले कोरोना माहामारीबाट आफ्ना नागरिकहरुलाई आर्थिक संकट परेको भनेर फेरी बाड्ने भनेको हङकङ डलर १० हजारको ईलेक्ट्रोनिक भौचर पहिले हङकङ सरकारले बितरण गरेको ५ हजार डलर जस जस ले पाउनु भएको थियो तपाईहरु सबैलाई सोहि अर्थात अक्टोपस, अलि पे, विईच्याट पे र ट्याप एण्ड गो कार्ड मार्फत प्राप्त गर्नु भएको थियो सोहि सिस्टममा नै राखिदिनेछ।
धेरै पाठक शुभेच्छुक मित्रहरुको धेरै फोन कल आएको हुनाले सबैको समस्या र जिज्ञाशा समेट्ने हिसावले पुनः यो समाचार संप्रेषण गरेको जानकारी गराउन चाहान्छु।
यदि तपाईहरुले पहिले अक्टोपस कार्डमा रकम प्राप्त गर्नुभएको थियो र उक्त कार्ड हराउनुभयो भने तपाईहरुले तुरुन्त एम टि आर कम्पनीमा संपर्क गरेर नयॅा कार्ड लिन सक्नुहुनेछ यदि नयॅा अक्टोपस कार्ड समयमा लिएर दर्ता गर्नुभएन भने तपाईको अक्टोपस भेटाउनेले पैसा पाउनेछ र तपाई अक्टोपस हराउनेहरुले पुनः अनलाईन मार्फत यो तलको लिंक प्रयोग गरेर फारम भर्न सक्नुहुनेछ लिंक
https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id
यदि तपाईहरुलाई फारम भर्न वा कुनै प्राबिधिक समस्या छ भने मलाई यसै पोस्टको तल कमेन्टमा संपर्क गर्नुहोला सक्दो सहयोग गर्नेछु ।