नारायण भण्डारी हङकङ १३ नोभेम्वर २०२१
हङकङको जोर्डनमा रहेको इण्डिया क्लवमा हिजो राती बर्थ डे पार्टि मनाउन गएकाहरुको पैसाको वारेमा बिबाद हुदा झगडा सुरु भएको थियो।
राती ११:३० मा झगडा सुरुभएपछि एक अर्काले लाठी र कपको प्रयोग गरेका थिए उक्त झगडामा १० जना भन्दा धेरैको संख्यामा सहभागी थिए। झगडाले उग्ररुप लिएपछि उनिहरुकै समुहवाट प्रहरीलाई खवर गरेका थिए।
प्रहरी आइपुग्यो र घटनास्थल नियन्त्रण गर्न प्रहरीले कुकुरलाई पनि तैनाथ गरेको थियो । यसै अवस्थामा एकजना व्याक्ति निरास र भावुक रुपमा भेटिएपछि प्रहरीले उनलाई आफ्नो नियन्त्रणमा तुरुन्तै लियो। प्रहरीको प्रारम्भिक अनुसन्धानपछि मदिरा सेवन गरेका २४ देखी ७५ वर्ष उमेरका ५ जना व्याक्तिलाई पक्राउ गरेको थियो।
उक्त घटनामा पक्राउ परेका पाँचजना संदिग्धमध्ये दुईजनाले पहिचान खुल्ने कागजपत्र बोकेका थिए भने बाँकीसँग हङकङको परिचयपत्र थियो। तीनजनाको अनुहार र खुट्टामा चोट लागेको र उपचारका लागि अस्पताल पठाइएको छ भने बाँकीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । यस मुद्दालाई याउ चिम मोङ जिल्लाको प्रहरी अपराध अनुसन्धान टोलीले अनुगमन गरेको थियो।