नारायण भण्डारी हङकङ २८ नोभेम्वर २०२२
हङकङमा साहित्यको बिकास बिस्तारै हुदै गैरहेको छ। करिव ११ वर्ष अगाडि स्थापना भएको साहित्यिक संस्था “हङकङ साहित्यिक साझा श्रृंखला” ले नया आयाम पनि थपेको छ जसमा हङकङमा रहेका साहित्यिक स्रष्टाहरुका कृतीलाई पनि बिशेष प्राथमिकता साथ बिमोचन वा लोकार्पण गर्ने गरेको छ।
हङकङकी प्रखर कवयित्री सुनिता गिरीको “माईतजाने बाटो” बाट सुरु भएको कार्य निरन्तर रुपमा हङकङका साहित्यकार कवि कवयित्रीहरुको कविता कथाहरु समेत बिमोचन गर्न हौसला प्रदान गर्दै आईरहेको छ।
आफुले सृजना गरेको कुनैपनि कुरालाई कपिको पानामा, मोवाईलमा वा पेनड्राईभमा राखेर राख्नु भन्दा जे जस्तो बन्छ त्यसैबाट पाठसिक्दै अगाडि बढ्नुपर्छ जे छ प्रकासन गरिहाल्नुस भन्ने श्रष्टा “नरजित राई” को पाचौ कृती “मनका नदीहरु” हिजो २७ तारीख अर्थात नोभेम्वर महिनाको अन्तिम आइतबार जोर्डनमा रहेको चुम्लुङ हिलको सभाहलमा भव्य समारोहका बिच लोकार्पण गरीयो।
कार्यक्रमका प्रमुख अतिथी साहित्यकार एवं हङकङ साहितयक साझा श्रृंखलाका पूर्व संयोजक दाजु गुरुङ को प्रमुख आतित्थ्यमा तथा वर्तमान संयोजक कवी एवं चित्रकार रमण गुरुङको अध्यक्षतामा पूर्व संयोजक डि बी पालुङ्गाले संचालन गर्नुभएको थियो।
कवीको कृतीमाथी गजलकार बज्र राईले समिक्षा गर्नुभएको थियो भने उपस्थित साहित्य अनुरागीहरुले शुभकामना व्याक्त गर्दै “मनका नदीहरु” कवीता संग्रहबाटै कवीताहरु वाचन गर्नुभएको थियो।
कवी नरजित राईलाई कवीता संग्रह “मनका नदीहरु”को सफलताको शुभकामना