नारायण भण्डारी २५ नोभेम्वर २०२१
कैलालीको लम्कीमा ट्रकको ठक्कर बाट १ महिलाको ज्यान गएको छ। कैलालीको टिकापुरकी ४० वर्षिय महिला गोमा थापालाई सडकको छेउमा हिडिरहेको बेलामा ट्रकले ठक्करदिदा घटना स्थलमानै उनको ज्यान गएको छ।
अर्धबैसे उमेरकी महिला थापीको ट्रकको ठक्करबाट घटनास्थलमानै मृत्यु भएको हो ट्रक ड्राईभर फरार रहेका छन । अहिले लम्किको अबस्था खतरा रहेको छ घटनास्थलमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले सर्वसाधारण उपस्थित जनताहरुले ट्रकमा आगो लगाउनखोज्दा ट्रकलाई आगलीगी हुनबाट जोगाएको छ।
घटनास्थल मा स्थानीयको बाक्लो उपस्थिति भएपछि र भिडले उत्तेजित रुप लिन थालेपछि प्रहरीले हवाई फायर गरेको छ। बास्तबमा गाडिको कारणले हुने हरेक दुर्घटनामा धेरैजसो चालकको लापरवाही वा सिकारु चालकको कारणले हुने गर्दछ र जसमा ५/६ लाख रुपैया तिरेपछि कुरा मिल्छ यि र यस्तै घटनामा घटनाको प्रकृति हेरेर डाईभरको गल्ती भएमा जन्म कैद वा हदैसम्मको कार्बाहि हुने व्यवस्था भएमा यस्ता घटनाहरुमा कमी अवस्यपनी आउने थिए।
गल्ति ड्राईभरले गरेको हुन्छ गाडी साहुको जलाईन्छ साहुले आफ्नो जिवनभरको कमाईले एउटा गाडी किन्छ अनी ड्राईभरको गल्तिमा साहुको जिवनभरको पसीना स्वाहा हुन्छ त्यसैले गाडी जलाउनतिर नलागौ ड्राईभरलाई समातेर हदैसम्मको कार्बाहि गरौ भौतिक क्षती नगरौ सभ्य नागरिक बनौ।