बिज्ञप्ति निकालेरै रा प्र पा बाट बाहिरिए निवर्तमान अध्यक्ष कमल थापा


71EC8DCC EC49 454C A277 0D932F0864AA

नारायण भण्डारी हङकङ ०८ फेव्रुवरी २०२२

नेपालमा राष्ट्रिय खेलाडि हुदै राजनीतिमा जमेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन।

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग नराम्ररी पराजित भएपछि जतासुकै मनलाग्दि पाराले बोल्दै हिडेका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए र पटक पटक बिभिन्न अन्तरवार्ता मा आफुले नहारेको तर पूर्व राजा ज्ञानेन्द्रले र निर्मल निवासले आफुलाई हराएको बताउदै आएगा थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भर्त्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष थापाले माग समेत राखेका थिए ।

पटक पटक अनुरोध गर्दा समेत यसबारे छलफल गर्न अस्वीकार गरेका राप्रपा अध्यक्ष लिंदेनले शनिबार भने थापालाई भेटेर संवाद गरेका थिए । थापाले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने समेत वर्तमान अध्यक्ष राजेन्द्र लिंगदेनले दाबी गरेका थिए ।

निवर्तमान अध्यक्ष कमल थापाले भने आफ्नो माग स्थानीय तहको निर्वाचन घोषणा अघि नै सम्बोधन हुनुपर्ने अडानमा थिए । सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार नै बिज्ञप्ति समेत निकालेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन।

उक्त अबसरमा आमन्त्रित पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु ।’ पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

पक्कैपनी अहिलेको अवस्थामा निवर्तमान पार्टी अध्यक्षक कमल थापा ले गरेका कुरा र वर्तमान अध्यक्षक्ष राजेन्द्र लिङदेनले गरेको काम हेर्दा “आफु ताक्छु मुढो बन्चरो ताक्छ घुडो” भएको छ। पक्कैपनी आफ्नो अस्थिर चरित्र र “ताकपरे तिवारी नत्र गोतामे” स्वभाव का गणतंत्र नेपाल का राजावादि योद्दा तथा उप प्रधानमन्त्री कमल थापा को हालत पनी माओवादी छोडेर हिडेका बाबूराम भट्टराई को जस्तो नहोला भन्न सकिन्न।

कमल थापाको प्रेस बिविज्ञप्ति

4EA9C7BC 0DE7 43C4 91B9 E39DC65A8EE2


Translate »