करुणा आफैले आफ्नै लगानीमा गरीन यती ठुलो समाज सेवा मै हु भन्नेहरुपनी टल्लपरे


93E2FDC8 198B 4310 8DBE 668BD4B89660

नारायण भण्डारी हङकङ ४ मार्च २०२२

हङकङको जोर्डनको ५१ व्याट्रि स्ट्रिटमा रहेको करुणा हेयर एण्ड ब्युटि सैलुनकी प्रोप्राईटर करुणा श्रेष्ठले हिजो मार्च ३ तारीकका दिन आफ्नै  हेयर एण्ड ब्युटि सैलुनबाट सयौजना नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कोरोना नोवेल एन्टिजेन किट (RAT) आफ्नै हातले बितरण गरेकी हुन।

एकदिन अगाडि नै आफ्नो फेसवुकमा लाईभ बसेर आफुले भोलि साझ ७ः१५ बजे आफ्नै हेयर एण्ड ब्युटि सैलुनबाट एन्टिजेन किट बितरण गर्ने र उक्त किट आफैले आफ्नै व्याक्तिगत लगानीमा किनेको समेत प्रस्ट पारेकी थिईन।

CCEB67B6 03F8 4C65 B06E C5B7DB01F61A

केहि मैना अगाडी आफ्नै सैलुनमा आगलागी भएर लाखौको क्षती भएकी करुणाले अहिले तत्काल आफु कोरोना संक्रमणबाट मुक्त हुनासाथ यसरी सयौ थान कोरोना किट बितरण गर्नाले मानिसलाई समाजसेवा गर्न धन भन्दा मन ठुलो हुन पर्नेरहेछ भन्ने कुरा करुणाले उदाहरण देखाएकी छन। अहिलेको समयमा व्यापार व्यवसाय समेत धरासायी भैरहेको समयमा यसरी समाजसेवा गर्नेलाई पक्कै पनी माहान मानिन्छ। सेवा नै धर्म हो !!

 


Translate »