नारायण भण्डारी हङकङ ११ जनवरी २०२२
हङकङमा कोरोना भाईरसको नयॅा प्रजाती ओमिक्रोनका केसहरू हालै बढ्दै गएका छन्। सरकारले आज (११ गते) किन्डरगार्टेन र प्राथमिक विद्यालयले आगामी शुक्रबार (१४ जनवरी) प्रतक्षरुपमा पठनपाठन स्थगित गर्ने र उच्च माध्यमिक विद्यालयलाई तत्कालका लागि प्रभावित नगर्ने घोषणा गरेको छ ।
यसैबीच, सिनोभ्याकद्वारा कोरोनाभ्याक खोप ५ देखि ११ वर्षका बालबालिकालाई समेत लगाउन सुरु गरिनेछ।
गत ८ जनवरीमा यहॅाका अनलाइनहरुमा अफवाहको रुपमा शिक्षा ब्यूरोले बुधबार (१२ जनवरीबाट) सम्म कक्षाहरू पूर्ण रूपमा स्थगित गर्ने विचार गरिरहेको छ भनि अफबाह फैलिएपछि शिक्षा ब्यूरोले उक्त समाचार असत्य भएको स्पष्ट पार्यो। तर यस चरणमा आमनेसामने कक्षाको वर्तमान व्यवस्था जारी रहने र विद्यालयहरूले निर्देशन अनुसार महामारी रोकथाम र महामारी विरोधी उपायहरूको कडाईका साथ पालना गर्ने कुरा दोहोर्याएको छ। तर शुक्रवारबाट भने प्रतक्षरुपमा पठनपाठन स्थगित गरिनेछ।