नारायण भण्डारी हङकङ २५ अक्टोवर २०२१
पत्रकारीतामा लामो ईतिहास बोकेका हङकङमा पहिलो नेपाली भाषाको पत्रिका “एभरेष्ट” चलाउदै आएका बिगत २ दशक लामो समयदेखी हङकङमा पत्रकारिता गरीरहेका र नेपाल पत्रकार संघ हङकङका अध्यक्ष समेत हुन।
हङकङमा समेत निकै चर्चित रहेका किसन राई नेपाली जनजाति माहासंघका अध्यक्ष, नेपाल पत्रकार संघ हङकङका अध्यक्ष, साहित्यिक संघ लगायत बिभिन्न संघ सस्थाहरुमा आबद्द पत्रकार राई नेपालमा छुट्टिमा घुम्न गएका ५४ वर्षीय राई हिजो आईतवार दिक्तेल – रुपाकोट मझुवागढि न पा को बुवालुङ स्थित पङखुखोलामा उनको सव फेलापरेको जानकारी प्राप्त भएको छ।
पिसाव फेर्नभनि गएका राई निकै वेरसम्म पनी नआएपछि खोजिगर्दा राति १० बजे मृत भेटिएका हुन। गएको बेलामा आफ्नो पुख्यौली घर जानेक्रममा दुर्घटना भएको कुरा जानकारीमा आएको छ। गाडिबाट जानेक्रममा पिसावफेर्न गाडिबाट झरेका किसन चिप्लिएर भिरबाट लडेको आसंका संगै गएका साथीहरुले बताएको खबर छ।
नेपाल सरकारबाट गणतन्त्र दिवसको अवसरमा “जनसेवा” पुरस्कार प्राप्त गरेका थिए। हङकङमा पनी हाईकिङमा निकै रमाउने र हरेक छुट्टिमा हईकिङ गारहने गरेको हामी देखिरहेका हुन्थ्यौ। हङकङमा रहेका प्रयसो पत्रकारहरुका अभिभावक समेत रहेका पत्रकार राईको यस दु:खद खवरले सिङ्गो हङकङ नेपाली समाज स्तब्ध भएको छ र धेरैको टिप्पणी रहेको छ यो समाचार झुठ्ठासाबित होस।