Kompasu ताईफुन नं ८ आज दिउसो ५:२० बजे भित्र हङकङमा आउने


2A0F0AB7 34AD 4CFE 9FB8 7A0146B1CF45

नारायण भण्डारी हङकङ १२ अक्टोवर २०२१

सामुद्रिक तुफानले यसपाली बेमौसमी प्रहार गरिरहेको छ। प्राय जुन र जुलाईमा बिशेष गरि आउने समुद्रतटीय हावाको बेग अर्थात ताईफुन यसपाली निकै ढिलोगरी अर्थात अक्टोवरमा मात्र आएको छ। गत सनिवार पनी ताईफुन सिग्नल नम्वर ८ जारी गरिएको थियो उक्त ताईफुनका कारणले हङकङमा एकजना कामदारको मृत्यु भएको थियो भने ३ जना एकै ठाउमा घाईते भएका थिए जसको मुख्य कारण हावाहुरिले गर्दा घर बनाउन वा रिपेयरिङ गर्न लगाउने स्काफोल्डिङ पल्टिदा भएको थियो।

 

उक्त घटनाको कारण हङकङको मौसम बिभागले हावाको बेगमों मापनालाई ढिलो गरि जारी गरेको कारणपनी नलगाईएको होईन। तर आज आउने ताईफुन भने निकै सक्तिसाली भएकोले विहानै देखी सबैलाई सतर्क गराउने सुचनाहरु जारी गरीएको छ। आज स्कुलहरु बन्द गरिएको छ भने अन्य कतिपय स्थानहरुपनी बन्द अवस्थामा राखीएको छ। हङकङ अब्जर्भेटरीले ताईफुन सिग्नल नम्वर ८ भने ५:२०  बजे  सुरुहुने जानकारी आफ्नो एप्समा दिईयकेको छ। बिहिवार देखी आईतवार सम्मको लगातार परेको झरी र ताईफुनको कारणले हङकङमा सामानको सर्टेज भएको छ।

 

हङकङ को वेट मार्केटमा तरकारी र फलफुल सर्टेज भएका छन र भएको ठाउमा पनी मुल्य आकासिएको छ। प्राय गरेर १००% मुल्य बढाईएको छ भने धेरैजसो पसलहरु सामान अभावका कारणले बन्द रहेका छन। भोलि ताईफुन आउछ भनेका कारणले कतिपय सुपर मार्केटहरुले बुधवार दिने छुट आज मंगलवार नै सुचना दिएर छुट उपलव्ध गराएका छन ।

सकभर तपाईपनी घरभित्रै वस्नुहोस र आफु र आफ्नो परिवार सुरक्षित गर्नुहोस बिशेष अवस्थामा पनी  काममा  जानैपर्ने व्याक्तिहरु निकै सतर्कताकासाथ काममा जाने र आउने गर्नुहोस र दुर्घटना हुनबाट बच्नुहोला। सकभर घरमै बसौ सुरझित रहौ ।

 


Translate »