कुलमानको योजना कुरुप सहरलाई सुन्दर र उज्यालो बनाउने


555846D0 CB06 4713 9A80 53746EA564A5

नारायण भण्डारी

२३ अगस्ट २०२१

नेपाल बिधुत प्राधिकरणका नव नियुक्त प्रमुख अर्थात उज्यालो नेपालका परिकल्पनाकार अथवा नायक कुलमान घिसिङले दोस्रोपटकको पद तथा गोपनीयताको सपथ ग्रहण गरीसकेपछिको पछिल्लो कार्यक्रममा आफ्नो आगामी कार्यक्रमको बारेमा उल्लेख यसरी गरेका छन।

नेपालका प्रमुख सहरहरु आफैमा सुन्दर हुदाहुदैपनी मानवीय कारणले कुरुप भैरहेकाछन जसको प्रमुख कारण भनेको हामी मानव नै हो । हामीले हाम्रो सहरलाई केसरी सुन्दर राख्ने वारेमा आफै सचेत वन्नुपर्दछ । जसरी अहिले हाम्रो देशका मुख्य सहरहरुमा मानव निर्मित फोहोर अथवा बिभिन्न किसिमका तारहरुले हाम्रो सहरलाई एक नम्वरमा फोहोर पारेका छन जसमा नेपाल विधुत प्राधिकरणका तार, नेपाल टेलिकमका तारहरु र विभिन्न केवल टेलिभिजनप्रदायक संस्थाहरुका तारहरुलाई भुमिगत नगरेसम्ममा सहरमा जतिसुकै झिलमिली बनाएपनी सहर कुरुप नै देखिन्छ त्यसैले हामीले काठमान्डौमा पहिलो चरणमा रत्नपार्क देखि महाराजगंजसम्मको एरियामा तारहरुलाई अण्डरग्राउण्ड ग्रेनो कार्य गरिरहेका छौ र अन्य संवन्धित निकायहरुलाई पनी खवरगरी सो कार्य अगाडी बढाईरहेका छौ। तारहरुलाई भुमिगत गरिसकेपछिको कार्य सडकमा स्मार्ट बत्तिहरुको जडानगर्नेकार्य आफ्नो प्राथमिकताको रुपमा रहेको कुरा उनसे सुनाए।

प्राधिकरण प्रमुख घिसिङले नेपाल बिधुत प्राधिकरणले नेपाल का अन्य प्रमुख सहरहरु संग सहकार्य गरेर प्रमुख सहरहरुमा बत्तिको व्यवस्था मिलाउने जानकारी पनी दिएका छन साथमा उक्त कार्यलाई नगरपालिका को ६०% र प्राधिकरणको ४०% का दरले लगानीगरी प्रमुख सहरहरुलाई झिलमिली बनाउन आफुलागीपर्ने कुरा जानकारी गराएका छन भने उक्त कार्यकोलागि प्राधिकरण आफैले कामगर्ने र यदिकुनै नगरपालिकाले स्वयं १००% लगानी गरेर कार्य अगाडी बढाउन चाहान्छ भने प्राधिकरणले प्राविधिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनी जाहेर गरेका छन।

काठमाण्डौ लतितपुर, भक्पतपुर, पछि पोखरा लुम्विनी, मोरङको सुन्दर हरैचा नगरपालिका लगायत देशका प्रमुख सहरहरुमा यो कार्य अगाडी बोढाउनेकुराको जानकारी पनी गराएका छन। आसागरौ उनको यो कार्यले सफलता पाओस र हाम्रो सुन्दर देश नेपाल फेरी सुन्दर भएको हामी सबैले देख्नपाउ।


Translate »