१० अगस्ट २०२१
नारायण भण्डारी
नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ पुन: नेपाल विधुत प्राधिकरणमा कार्यकारी प्रमुखमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पुन: नियुक्ति दिएको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो। स्मरण रहोस मन्त्री भुसालले आफुले मन्त्रालयको जिम्मेवारी संहालेदेखि नै कुलमान घिसिङलाई पुन: नियुक्ति दिनेबारेमा कुरा उठाउदै आएकी थिईन।
मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गराएर कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने जमर्को गरेकी थिईन तर कार्यकारी निर्देशक शाक्यले भने राजीनामा नदिने तर सरकार ले खटाएको ठाउमा कामगर्न तयार भएकोले जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्।
अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएकोले त्यसको माइन्युट हिजोको बैठकमा हुननसकेको स्रोतले जनाएको छ। यसअनुसार प्रधाकिरणबाट शाक्य भने आजै विदा भएर निस्केका छन्।
त्यस्तै कुलमान घिसिङले भने आज नै संपूर्ण तयारीगरी कार्यभार सम्हाल्ने तय गरेका थिए। तर मन्त्रालयको पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको छ।
सम्भवत उनले भोलि बुधबार कार्यभार सम्हाल्नेछन् हेक्का रहोस कुलमान घिसिङले पहिले ३६ अर्व संचित घाटामा रहेको प्राधिकरण लाई उनले आफ्नो चारबर्षे कार्यकालमा १२ अर्व नाफासहित देशलाई लोडसेडिङ मुक्त घोषणा गरेका थिए।