नारायण भण्डारी १० जनवरी २०२२
हङकङ स्वास्थ्य बिभाग सेन्टर फर हेल्थ प्रोटेक्सनले हङकङको स्थानियमा कोरोना संक्रमितसंग लसपस अर्थात क्लोज कन्ट्याक्ट भएर क्वारेन्टाइन जानेहरुको लागि अबबाट २१ दिनको सट्टा १४ दिन बसेहुवे व्यवस्था बनाएको छ।
हालसम्म सबैलाई समान गराउदै आएको क्वारेन्टाइन अबबाट २ थरीको बनेको छ। बाहिरबाट आउने यात्रुहरुको लागि २१ दिन कायमै गरिएको छ र हाललाई स्थानियमा कोरोना लागेमा १४ दिनमात्र क्वारेन्टाईन बसे पुग्ने नियम बनाएको हो जुन सराहनिय कार्य गरेको छ।
हङकङ सरकारलाई हामी घन्यवाद दिनुनै पर्दछ अब यसरीनै अब आउने यात्रुहरुलाई पनी २१ दिनबाट १४ दिन बनाएमा पक्कैपनी तारिफ योग्य कामको सबैले सराहनियकामको समर्थन गर्छन नै ।