मगरसंघ हङकङको दुबै कार्यसमिति निष्कृय ३ महिना भित्र विशेष अधिवेशन आव्हान गर्न राजु पुनको संयोजकत्वमा नयॅा मगर एकता समिति गठन


२२ जुन २०२३ हङकङ

मगर संघ हङकङको ०३ अक्टोवर २०२१ का दिन सम्पन्न १०औ अधिवेशनका क्रममा निर्वाचन प्रक्रियामा देखिएका बिबिध समस्याहरुलाई पूर्णरुपमा समाधान गर्ने उधेश्यराखि खोज तथा अनुसन्धान गरि स्थाई निकास र समाधानका लागि दुबै कार्यसमितिका अध्यक्ष, कार्य समितिका सदस्य एवं सल्लाहकारहरुको संयूक्त बैठक बसि समन्वय समिति समेत १४ अगष्ट २०२२ मा चयन गरिएको थियो।

दुबै पक्षका समितिको संझौतामा संयूक्तरुपमा १४ अगष्ट २०२२ मा बसेको समन्वय समितिको बैठकबाट बिभिन्न समयमा बिबिध विषयहरुमा व्यापक छलफल, बैठकहरु र परामर्स र  सुझाबहरु संकलन गर्ने कार्य गर्दै गरिरहेको थियो  र १८ जुन २०२३ का दिन बसेको समन्वय समितिको बैठकले हङकङमा रहेका दुबै समुह निष्कृय रहने र आगामी ३ महिना भित्रमा बिशेष अधिवेशन आव्हान गरि सम्पन्न गर्ने र सोहि अधिबेशनबाट निर्वाचित हुने अध्यक्षनै समाजको आधिकारीक अध्यक्ष हुने निर्णय गरी त्यसैको भोलिपल्ट १९ जुन २०२३ मा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराईएको हो।

हङकङमा मगर एकताको बिशेष अधिबेशन सम्पन्न गर्ने जिम्मेबार प्राप्त  समिति यस प्रकार रहेको छ

संयोजकः- श्री राजु गर्वुजा पुन मगर

सहसंयोजकः- श्री प्रेम थापा मगर

सहसंयोजकः- श्री याम बहादुर बुढाथोकी मगर

सदस्यः- श्री निलम थापा मगर

सदस्यः- श्री गोमा पुन मगर

हाललाई ५ जनाको मगर एकता बिशेष माहाधिवेशन सम्पन्न गर्ने समिति गठन गरिएको छ र आवस्यक्ता परेमा सदस्यहरु थपगर्ने अधिकार समेत यश मगर एकता बिशेष समितिलाई दिईएको कुरा सबैमा जानकारी गराईएको छ।

प्रेस बिज्ञप्ति

IMG 0699

 


Translate »