मगर संघ हङकङको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न


4538F503 E192 4ADD ACBD C7E50A2D80D0

१० मार्च २०२३ झलक थापा मगर हङकङ

हिजो मिति २०२३ मार्च ९ तारिकका दिन डिमुन रेष्टुरेन्टमा यस मूल समिति मगर संघ हङकङको आयोजना तथा लाङघाली कल्याण समाज हङकङ, मगर महिला संघ हङकङ, मगर रोष गुमुष्टा हङकङको सह आयोजनामा यस सस्थाका अध्यक्ष श्री हर्क प्रसाद राना ज्यूको अध्यक्षतामा नेपालबाट आउनु भएका गायिका तारा श्रीस मगर ज्यूको प्रमुख आथित्यमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा यस सस्थाका उपाध्यक्ष श्री शिला राना मगर ज्यूले स्वागत मन्तव्य दिदै यस सस्थाका अध्यक्ष हर्क प्रसाद रानाले फूलगुच्चा तथा खादा लगाई सम्मान गरि मायाको चिनो टोकन अफ लभ गायिका श्री तारा श्रीस मगर ज्यूलाई प्रदान गर्नु भएको थियो।साथै यस सस्थाका सल्लाकार क्रमश: श्री प्रदिप थापा मगर र श्री टङक राना मगर ज्यूले पनि खादा लगाई सम्मान गर्नु भएको थियो। भातृ सस्था लाङघाली कल्याण समाज हङकङ्का अध्यक्ष ,मगर महिला संघ हङकङका अध्यक्ष क्रमश: श्री निलम थापा मगर श्री शर्मिला राना मगर ज्यूले पनि खादा लगाई सम्मान तथा मायाको चिनो प्रदान गर्नु भएको थियो।
यस कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी चर्चित गायिका श्री तारा श्रीस मगर ज्यूले शुभकामना मन्तव्य दिदै सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो। म्यूजिक र फोटोको लागि ज्याप स्टुडियो गर्नु भएको थियो।अन्य उपस्थित मानुभाव ज्यूहरुले पनि खादा लगाई सम्मान गरि उपहार प्रदान गर्नु भएको थियो। यस कार्यक्रम सन्चालन यस सस्थाका माहासचिव श्री झलक थापा मगरले गर्नु भएको थियो।यस कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने तथा सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
जय मगर!
झलक थापा मगर
महासचिव
मूल समिति मगर संघ हङ्कङ


Translate »