मगर संघ हङकङको मुल समिती देउसी भौलो कार्यक्रम भव्यताका साथ सम्पन्न


6BEECA55 03CB 40CD 9989 366B9963B29A

नारायण भण्डारी हङकङ २६ अक्टोबर २०२२

नेपालबाट हङकङमा आई बिभिन्न पेसा व्यवसाय र जागीरको सिलसिलामा हङकङमा रहेका मगरहरुको संस्था मगर संघ हङकङ” मुल समितीले आफ्ना बिभिन्न चाडबाडहरु मनाउदै आईरहेको छ। बहु चर्चित कार्यक्रमहरुमा पर्ने माघे संक्रान्ति र देउसी भैलो  यी दुई कार्यक्रमहरु मगरसंघ हङकङको निकै भव्यताका साथ सम्पन्न हुने कार्यक्रमहरु हुन। यसरी नै देउसी भैलो कार्यक्रम २३ अक्टोवर २०२२ का दिन जोर्डनको ब्लुओसन रेष्टुरेन्ट एण्ड बारमा भव्यताका साथ सम्पन्न भएको हो।

कार्यक्रमको संचालन संघका माहासचिव झलक थापाद्वारा संचालन गरीएको थियो उक्त कार्यक्रममा प्रमुख अतिथीलाई पञ्चे वाजाद्वारा स्वागत गरीएको थियो।  भने  वरिष्ठ उपाध्यक्ष प्रेम थापामगरको श्वागत मन्तब्यसंगै संघका अध्यक्ष हर्क राना र प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरद्धारा दियोमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

प्रथम चरणको कार्यक्रममा शुभकामना व्याक्त गर्नेहरुम अध्यक्ष हर्क राना, प्रमुख अतिथि उदयबहादुर राना मगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, मगर संघका सल्लाहकार नेत्र पहराई लगायतले शुभकामना मन्तव्य राखेका थिए। संयुक्त नृत्य समुहको सांस्कृतिक कौडा नृत्य र थाली नाचपनी निकै आकर्षणको रुपमा रहेको थियो साझको खाना खादै पहिलो चरणको कार्यक्रम समापन भएको थियो।

43DCB8C5 7C64 4C4F B149 8090ACC82705

दोस्रो चरणको कार्यक्रममा उपस्थित मगर र गैर मगर समुदायका पाहुनाहरु समेतले देउसी भैलो कार्यक्रममा नाचगान गरेर भरपुर मनोरंञ्जन लिएका थिए। नेपालीहरुको दोस्रो चाड तिहारको मौलिक देउसी भैलो संगै पञ्चेवाजामा नाच्नपाउदा उपस्थित सबैको अनुहारमा खुसि प्रष्ट देखिन्थ्यो । पञ्चेवाजा समुहलाई सम्मान पनि सोहि कार्यक्रममा गरिएको थियो।

उक्त कार्यक्रमको फेसबुक लाईभ मार्फत गुल्मेली अनलाईन टिभा, एच के नेपाल डट कम, यन एच डि डि स्टुडियो र ज्याप स्टुडियोले प्रतक्ष प्रसारण गरेका थिए। उक्त कार्यक्रमका भिडियो हरु यसा समाचारमा लिंक राखिएकोछ।

 


Translate »