हङकङमा अनिवार्य क्वारेन्टाइन नबसेकोमाा १४ दिनको जेल सजाय


467D602B 670E 4400 817E ECD4992E9660

नारायण भण्डारी हङकङ १३ जनवरी २०२२

हङकङमा कोरोनाको नियम थप कडा पार्दै लगिएको छ। जसले कोरोना संबन्धि नियमलाई बेवास्ता र अटेरी गर्छ उसलाई सरकारले कानुन लगाउदै थुनामा समेत राख्न थालेका समाचारहरु प्राप्त भैरहेका छन।

यसरी नै हङकङको टुन मुन मजिस्ट्रेट अदालतले आज हङकङमा कोरेना संबन्धि लगाईएको अनिवार्य क्वारेन्टाईन उलङ्घन गरेको अभियोगमा १४ दिनको लागी जेल सजाय सुनाएको छ उक्त आदेश हङकङको संबिधानको धारा ५९९को सी मा रहेको छ।

अभियुक्तले यसअघि अनिवार्य क्वारेन्टाइन आदेश जारी गरिएको थियो जसमा उसले सात दिनसम्म घरमै क्वारेन्टाइनमा बस्नुपर्नेछ। क्वारेन्टाइन आदेशको म्याद सकिनु अघि, उसले ७ अगस्ट २०२१ मा, उचित बहाना र आधिकारिक अधिकारीको अनुमति बिना क्वारेन्टाइनको ठाउँ छोडेका थिए। उनीमाथि नियमावलीको दफा ८(१) र ८(५) को उल्लङ्घन गरेको अभियोग लगाइएको थियो र आज तुन मुन मजिस्ट्रेट अदालतले १२ महिनाको लागि निलम्बन गरी १४ दिनको जेल सजाय सुनाएको थियो ।

ख्याल गरौ हङकङमा सरकारले लगाएको नियम कडाईका पालना गर्ने गरौ होईन भने मामाघरमा बस्नेदिन जुनसुकै बेलापनी जान सकिन्छ।


Translate »