भोजराज जि. सी. वुटवल १३ चैत्र २०७८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) गुल्मी मदाने रुपन्देही सम्पर्क समन्वय समितीको भेला तथा प्रथम अधिबेशन हिजो १२ चैत्र २०७८ का दिन वुटवलमा सम्पन्न गरियो ।
कार्यक्रमको अध्यक्षता आयोजक समिती अध्यक्ष सुनिल जि.सी. प्रमुख अतिथि योजना आयोगका उपाध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेब छेत्री ,विशेष अतिथिमा प्रदेस सदस्य गीता थापा ,नेकपा माओवादी केन्द्र मदाने गाउपालिका पार्टी अध्यक्ष बेगम चन्द ,बुटवल उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसाल ,गुल्मी रुपन्देही समन्वय समितीका इन्चार्ज टेकराज रेग्मी (बिमल) , गुल्मी रुपन्देही समन्वय समिती अध्यक्ष माधव भन्डारी ,उपाध्यक्ष भोजराज जि.सी. , प्रेम चन्द्र भुसाल, अखिल क्रान्तिकारी मदाने गाउपालिका संयोजक शिशिर भन्डारी, स्वागत मन्तन्ब्य मदाने गा.पा. वडा न.७ भनभने निवासी हाल हाट्बजार ब्यवसायी समिती रुपन्देही अध्यक्ष टेकबहादुर जि.सी. उक्त कार्यक्रमका संचालक गुल्मी रुपन्देही समन्वय समितीका उपाध्यक्ष कमल भुसाल , उक्त कार्यक्रममा ५१ सदस्यीय कमिटी गठन गरिएको छ।
साथै उक्त भेलाले २१ सदस्यीय सचिवालय समिती गठन गरेको छ जसमा ,अध्यक्षमा सुनिल जि.सी. उपाध्यक्ष सबिना भुसाल,विशाल भट्टराई ,वसन्त घिमिरे सचिबमा खिमराज गिरि सह सचिबमा गोबिन्द भुसाल ,कोषाध्यक्ष ईश्वरी प्रसाद भुसाल उक्त भेलाले प्रेम चन्द्र भुसालको संयोजकत्वमा मा ११ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हो।