भोजराज जी सी बुटबल १३ चैत्र २०७८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) गुल्मी इस्मा–रुपन्देही सम्पर्क समन्वय समितीको भेला तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार बुटबलमा अधिवेशनले दामोदर बस्नेत क बिशाल को अध्यक्षतामा २१ सदस्यिय गुल्मी– ईस्मा–रुपन्देही सम्पर्क समन्वय समितिको गठन गरेको छ।
जसको उपाध्यक्षमा सन्जु पोखरेल, बिष्णु शेरचन, सचिव हरि भन्डारी कोषाध्यक्षमा राम प्रसाद चालिसे लगायत सदस्यहरु नेत्र बस्नेत, असोक खनाल, सुरज बस्नेत, अर्जुन बिस्ट, भिमकला बिस्वकर्मा, बिपिन दाहाल, टोपेन्द्र दाहाल, ईश्वर बि क, रमेश सुनार, मनोज सुनार, नारायण मरासिनि, पदम खड्का, नरसिंह गिरि र मिना गिरि रहेका छन् । त्यस्तै छबि नेपाली ईन्चार्ज तथा सुप्रीया खनाल सह ईन्चार्ज को रुपमा चयन भएको गुल्मी रुपन्देही सम्पर्क समन्वय समिती का उपाध्यक्ष भोजराज जी सी ले जानकारी गराउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम प्रदेश सासंद गिता थापाले अब निर्वाचनमा होमिन कार्यक्रताहरुलाई निर्देशन दिइन ।
बिसिष्ट अतिथि गुल्मी रुपन्देहि सम्पर्क समन्वय समिति का अध्यक्ष माधव भन्डारी ले निर्वाचन लक्षित कार्यक्रम ईस्मा गाउँपालिकामा स्थायी बसोबास भई रोजगारीको सिलसिलामा रुपन्देहीमा बसोबास गर्ने नागरिकहरुबीच कमिटी गठन गरिएको बताए ।
कार्यक्रममा गुल्मी रुपन्देही सम्पर्क समन्वय समितीका ईन्चार्ज टेकराज रेग्मी (बिमल) , उपाध्यक्ष भोजराज जिसी, छबि नेपाली, सचिव फटिक तरामु लगायतको उपस्थिति रहेको थियो ।