नारायण भण्डारी हङकङ ३१ जनवरी २०२२
हाम्रो देश नेपालमा गणतन्त्र आएको पनी लामै समय भै सकेको छ। गाउ गाउमा सिंहदरवारको नारा दिएर देशलाई थेगिनसक्नुको संघियता लादेको पनी आज यहि दिन देख्न रैछ वास्तवमा जस्को शक्ती उसको भक्ती अहिले गाउ गाउमा भैरहेको छ।
कुरा उदाहरणको रुपमा गुल्मी जिल्लाको जुभुंग गौडाकोट गाउँ जहाँ कुनै पनि सवारी साधन जादैन त्यहॉ एक बृद्ध महिलालाई कोभिड भ्यासिन लगाउनका लागि स्वास्थ चौकी सम्म पुराउदैछिन् स्वास्थ्य स्वयंसेविका लिला थापा। के यिनी लिला थापा जस्तै सबै स्वयं सेविकाहरुले गाउमा रहेका बृद्धबृद्धाहरुलाई यसरीनै पिठ्युमा बोकेर यस्तै अप्ठ्यारो बाटोमा बोक्दा र बोकिदा कत्तिको सुरक्षित छ त ?
यदि यो गाउँमा बिरामी बोक्ने स्ट्रेचर भएको भए यस्तो सास्ति हुदैन थियो होला के त्यो गाउपालिकामा एउटा स्टेचरको समेत व्यवस्था छैन ? कुनै गर्भवती महिलालाई सुत्केरी व्यथा लागेमा के गर्ने ? कुनै मानिसको कतै लडेर वा रुखबाट लडेर अंग भंग भएमा कसरी मोटरबाटो वा गाडिसम्म वा स्वास्थ्य चौकि सम्म कसरी लैजाने ?
हुनत हाम्रो गुल्मी जिल्लामा प्रतेक क्षेत्रवाट मन्त्री नबेनेका पनी होईनन नि वर्तमान परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रम मन्त्री गोकर्ण विष्ट र हाल वहालवाला सहरी बिकास मन्त्री राम कुमारी झाक्री र नेपाली कांग्रेसका प्रभावसाली नेता डा चन्द्र भण्डारीको आसपासमा नै पर्ने यो जुभुङ गाउको अवस्था देखेर निकै दया लाग्यो।
बिकासको कुरामा फेसवुकमा पोस्ट गर्दा र दात्रीनिकायवाट आएको पैसामा बनेको योजनाबाट योजना सम्पन्न भैसकेपछि गाउपालिकाले किन मिटर जोडेर पैसा उठाउने भन्ने बिषयको मेरो फेसवुक पोष्टमा मलाई केहि नजान्ने र नबुक्झेरै पोष्ट गरेको भन्ने मेरा गाउवासी साथीहरुले यो समाचारको के कसरी खण्डन गर्लान ?
यदि साच्चिनै गाउपालीकामा वजेटको अभाव हो र स्टेचर समेत किन्ने पैसा नभएको हो भने मलाई यसै समाचारको माध्यमवाट संपर्क गर्नुहोस म स्टेचरको व्यवस्था गराउन तैयार छु जुभुङको उक्त ठाउमा होईन भने पालिका र स्थानीय नेता ज्यु हरुले यो समाचार प्रकासित भैसकेपछि र सामाजिक सञ्जालमा फैलिएपछि त केहि व्यवस्था अवस्य गर्नुहुनेछ।
यो तस्विर सामाजिक सञ्जालबाट लिईएको हो । श्री भिम उपाध्याय ज्यू को फेसवुकबाट लिईएको तस्विर हो ।