हङकङमा लागुऔषध मेथाम्फेटामाइन ७.८ मिलियन डलरको बरामद


 

नारायण भण्डारी हङकङ २७ जुलाई २०२२

हङकङमा हिजो २६ जुलाईमा  हङकङ भन्सारले ताइ पोमा करिब ७.८ मिलियन हङकङ डलरको कुल अनुमानित बजार मूल्य भएको लगभग १७ किलोग्राम संदिग्ध मेथाम्फेटामाइन बरामद गरेको छ साथमा एक जना पक्राउ परेका छन।

हिजो दिउँसो ताइपोमा गरिएको लागुऔषध विरुद्धको अभियानका क्रममा भन्सार अधिकारीले २५ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएर आफूले बोकेको सुटकेसमा चिया पातको प्याकेजिङ झोलामा मेथाम्फेटामाइनको ब्याच लुकाएर राखेको फेला पारेका थिए । त्यसपछि ती व्यक्ति पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्तिलाई खतरनाक लागुऔषध ओसारपसारमा एक थानसहित मुद्दा चलाइएको छ । उनी भोलि फ्यानलिङ्ग मजिस्ट्रेट अदालतमा हाजिर हुनेछन्।

खतरनाक लागुऔषध अध्यादेश अन्तर्गत खतरनाक लागुऔषध ओसारपसार गर्नु गम्भीर अपराध हो । दोषी ठहरिएमा अधिकतम जरिवाना हङकङ डलर ५ मिलियन जरिवाना र आजीवन कारावास हो।


Translate »