हङकङको एप लेई चाउको पुलबाट हामफालेर …


74CFF62D 2533 46A3 BC7C AA1AFF086D13

नारायण भण्डारी हङकङ १७ डिसेम्वर २०२१

आज बिहान करिब ८ः४० बजे, हङकङको एप लेई चाउ भन्ने ठाउमा एकजना अर्धबैसे मानिसले पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेको छन । प्रतक्ष दर्सिले प्रहरीमा रिपोट गरिदिएका थिए।

हङकङको सिस्टम ज्यादै राम्रो भएकोले फायर बोट र समुन्द्रि प्रहरीको डुंगा उक्त घटनास्थलमा आईपुग्यो र तुरुन्तै उक्त व्याक्तिलाई प्रहरीले उद्दार गरेको थियो । अचेत अबस्थामा उद्दार गरी समुन्द्रि किनारामा ल्याएर एम्वुलेन्स द्वारा अस्पताल पठाएको छ।

उक्त व्याक्तिको प्रारम्भिक अनुसन्धानबाट उनको देब्रे हातमा छुराप्रहार भएको देखिएको कुरा प्रहरीले आफ्नो रिपोर्टमा  जनाएको छ र कसैले उसलाई आक्रमण गरेको अवस्था नरहेको कुरा प्रहरीले जनाएको छ। र प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ।

हङकङमा आत्महत्याका घटनाहरु बढिनै हुनेगक्दछन त्यसैले यदि  तपाईंसँग आत्महत्या गर्ने प्रवृत्तिको रोग मनोवल वा डिप्रेसन छ भने, कृपया 24-घण्टा बहु-भाषिक हटलाइनलाई The Samaritans Hong Kong: 28960000 मा कल गर्नुहोस्।


Translate »