हङकङमा काम गरेको कम्तिमा ४०$ प्रति घन्टामा समायोजन गर्न संबन्धित पक्ष सहमत


नारायण भण्डारी हङकङ १३ अक्टोबर २०२२

हङकङमा कामगर्ने प्रतेक कर्मचारीको  न्यूनतम ज्याला तोक्ने आयोगले यसअघि हङकङमा न्यूनतम ज्याला स्तरमा परामर्श अभ्यास पूरा गरेको छ। आयोगले न्यूनतम पारिश्रमिकलाई ४० हङकङ डलरमा समायोजन गर्न सहमति गरेको र त्यसलाई विचारका लागि सरकारसमक्ष पेश गर्ने स्रोतले जनाएको छ ।

सन २०२१ को मे देखि न्यूनतम पारिश्रमिक हङकङ $३७.५० मा स्थिर गरिएको छ र मे २०२३ सम्म त्यही रहने अनुमान गरिएको छ। हङकङ $३७.५० दर मे २०१९ मा सेट गरिएको थियो। धेरै कामदारहरूले न्यूनतम ज्याला हङकङ $४० मा राख्न माग गरेका छन्। हङकङमा २१,२०० कर्मचारीहरू थिए जसले २०१९ मा मे र जुन बीचमा HK $३७.५० को न्यूनतम ज्याला कमाएका थिए अर्थात सोहि मितीबाट उनिहरुल् ३७.३०$ प्रतिघन्टाको पारिश्रमिक पाएका थिए।


Translate »