जुन २३ र २४ मा रोजगार प्रवर्धन र न्युनतम ज्याला बारेको प्रदर्शनी Tsing Yi मा


B6CE4EE0 33A1 4494 92A4 E2C6BFFD38FF

नारायण भण्डारी हङकङ २१ जुन २०२२

हङकङका जनसमुदायलाई  यहि जुन २३ र २४ बिहीबार र शुक्रबार मा चिङ यी मा हङकङ श्रम विभागले आयोजना गरेको रोजगार अध्यादेश र न्यूनतम ज्याला अध्यादेश सम्बन्धी प्रदर्शनी हेर्नको लागि आमन्त्रित गरिएको छ।

प्रदर्शनीमा रोजगार अध्यादेश र न्यूनतम पारिश्रमिक अध्यादेशका मुख्य प्रावधान, राम्रो मानव श्रोत व्यवस्थापनका उपायहरू, साथै विदेशी घरेलु कामदारका लागि रोजगारीको अधिकार र लाभहरू राखिनेछ। सम्बन्धित प्रकाशनहरू र स्मृति चिन्हहरू वितरण गरिनेछ र प्रचारात्मक भिडियोहरू पनी उक्त अवसरमा देखाइनेछ।

प्रदर्शनी बिक्री स्थल (जोन बी), २/एफ, चेउङ फ्याट प्लाजा, ६ ताम कोन शान रोड, त्सिङ् यी, न्यू टेरिटोरीजमा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ। प्रवेश नि:शुल्क छ। कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै प्रदर्शनीस्थलमा सरसफाइ र कीटाणुशोधनलाई तीव्रता दिइनेछ। आगन्तुकहरूले आफ्नो सरिरको तापमान जाँच गर्नु पर्छ र यदि पुष्टि भएको केस फेला पर्यो भने आवश्यक सम्पर्क ट्रेसिङको लागि प्रदर्शनी क्षेत्रमा प्रवेश गर्नु अघि तिनीहरूको मोबाइल फोनको साथ “LeaveHomeSafe” QR कोड स्क्यान गर्न आवश्यक छ।


Translate »