नारायण भण्डारी हङकङ ११ अगस्ट २०२२
क्यानाडाको जनस्वास्थ्य एजेन्सी (PHAC) ले बुधबारसम्म देशमा १००८ मान्कीपक्सका केसहहरू पत्तालागेको समाचार पुष्टि गरेको छ।
स्वास्थ्य एजेन्सीले पुष्टि भएका घटनाहरूमध्ये ओन्टारियोका ४७८, क्युबेकका ४२५, ब्रिटिश कोलम्बियाका ८५, अल्बर्टा १६, सास्काचेवान र युकोनका २/२ जना रहेको बताएको छ।
यसरीनै मङ्किपक्सका केसहरु अगाडि बढ्दै, जदा केस नम्बरहरू परिवर्तन हुन सक्छ किनकि प्रान्तहरू र क्षेत्रहरूले PHAC को राष्ट्रिय सूक्ष्म जीवविज्ञान प्रयोगशालाबाट पुष्टित्मक परीक्षण परिणामहरू प्राप्त गर्न जारी रहेको कुरा PHAC ले बताएकोछ।
एजेन्सीले प्रान्त र क्षेत्रहरूमा इम्भाम्युन खोपको ८० हजार भन्दा बढी डोजहरू खटाएको छ र देशभरका प्रयोगशाला साझेदारहरूलाई नियन्त्रण सामग्री र प्रोटोकलहरू प्रदान गरेर विकेन्द्रीकृत परीक्षणलाई समर्थन गर्दैछ।
विज्ञहरू भन्छन मन्कीपक्स एक भाइरल रोग हो जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमित व्यक्तिको नजिकको सम्पर्कबाट, अंगालो, चुम्बन, मसाज वा यौन सम्पर्क लगायतका माध्यमबाट सर्ने गर्दछ।त्यसैले यदि कोहि मङ्किपक्सका बिरामी देखेमा सजग रहौ टाढै बसौ रोग सर्न र सार्नबाट सतर्क रहौ ।