कार्यबाहक राजदुत बनेको ३ महिनामा ठाडो आदेशमा आफुले ८ वर्ष देखि खाएको ड्राइभरको जागिर चैट


inbound283881259

नारायण भण्डारी २९ अक्टोवर २०२१

विशेषतः नेपाली राजदूतावास प्रवासमा खोलिनुको कारण हुन्छ त्यो देशमा रहेका आफ्ना नागरिकलाई आइपर्ने अप्ठयारा र कानुनी साथै उक्त देशको भाषा लगायत विभिन्न अफिसियल कामहरू जुन गर्नको लागि नेपालमा फर्किन नपरोस भन्ने उधेश्य र उक्त देश र आफ्नो देशको पारस्परिक सम्बन्धलाई मजबुत बनाउने लगायतका उधेश्यहरू राखेर आफ्नो देशवाट योग्य राजदुत छनौट गरेर संपूर्ण सुख सुविधा का साथमा एक विशिष्ट पद जुन आफ्नो देशको दुतको रुपमा खटाईएको हुन्छ ।

तर केहि विडम्वना यस्ता पनि हुनथालेका छनकि राजदूत जनताका सेवाको लागि नभएर हैकम जमाउन र त्यहा रहेका आफ्ना नागरिकहरू माथी शासन गर्न नै खटिए जसरी काम गरिरहेको अवस्था पनि देख्दै सुन्दै र भोग्दै पनी नआएको पक्कैपनी होइन । कुरा यतिमा मात्रै सिमित रहदैन कतिपय देशमा त उल्टै त्यहाको सरकारी विदाको दिनमा समेत कार्यालय संचालन गरेर आफ्ना नागरिकहरुलाई सुविधा दिएको उदाहरण पनि प्रसस्तै छन र हुनपर्छ पनि । किनभने हामी जुन देशमा बसोवास गरेका हुन्छौ हामीलाई उक्त देशको नियम अनुसारनै विदा दिइएको हुन्छ र हामीले आफुलाई परेका काम समस्या समेत त्यसैदिन अर्थात छुट्टिको दिनमा गर्नुपर्ने हुन्छ तर त्यहाका राजदुतावास अक्सर छुट्टिमा वन्द हुनेहुदा हामीले आफुले पाउदै आएको तलवबाट एक दिनको पैसा कटाएर छुट्टि लिएर पनि काम गर्दैं आइरहेका छौ ।

यो त भयो कसरी सुविधा पाउन वा दिन सकिन्छ भन्ने कुरा अव केहि दुतावासको प्रसंगतिर पनि लागौ प्राय देशहरूमा राजदूतावासमा कर्मचारी चयन गर्दा नेपालवाट लैजानुभन्दा उक्तदेशमै बसोवास गरीरहेका नेपाली र केहि स्थानीयबासि नागरीकहरुलाई पनि भर्ना गरेर काम गर्ने गरिन्छ आखिर यी कुराहरूपनि अफिसको सजिलोको लागि र कम खर्चिलो बनाउनको लागि गरिएको प्रसगभयो अब कुरा आउछ के नेपालवाट खटिएर गएका राजदुत र कार्यवाहाक राजदुतको आचरण र कर्मचारी माथी गरिने व्यवहारको कुरा पनि  बेला बेलामा चर्चामा आउने विषय हो ।

केहि समय अगाडी अष्ट्रेलियाका राजदुत र उनका सवारी चालकको वारेमा ठूलै हंगामा भएर राजदुतलाई नेपाल फिर्तापनि बोलाईएको हो अहिले फेरी वर्माका कार्यवाहक राजदुत खुमान सिंह तामाङ  र उनका सवारी चालक यूवराज भुषाल जो सन २०१३ देखी नियमित रुपमा विभीन्न राजदुतहरूको सवारी चालक भएर वर्माको राजदुताबासमा काम गरीरहेका सवारी चालकको विषयमा सामाजिक संजालमा हल्का रुपमा चर्चा चलेपनी वर्माका नेपाली  समुदायमा अहिले निकै चर्चामा र विरोधको विषय पनि बनेको छ ।

पिडित भुषालले हामीसंगको टेलिफोन कुराकानीका क्रममा आफुलाई ठाडो जवाफमा तिम्रो जागिर सकियो भनेर भनेको र सरकारी कोठापनि सर्न भनेको र उनलाई सपोर्ट गर्ने कर्मचारीलाईपनि गाली गर्नै र उसलाई सपोट नगर्नु भनेका छन यदि समयमा कोठा नछोडेमा वर्माको प्रहरी बोलाउने सम्मको धम्कि पनी दिएको जानकारी गराए । सन २०२१ को जुलाईमा कार्यवाहक राजदुत भएर वर्माको याँगौं पुगेका तामाङले  नेपाली दुतावासमा काम गर्ने एकजना वर्मिज पुरुष कर्मचारी Kyaw Kyaw नामगरेका ३१ वर्षिय कर्मचारीलाई पनि July २०२१ मा मौखिक आदेशमानै कामवाट निकालेको र Rattan नाम गरेकी २४ वर्षिय महिला कर्मचारीलाई पनि कामवाट निकालेको समेत जानकारी गराए ।

नेपाली राजदुतावास यांगौ का सवारी चालक यूवराज भुषालले वर्मामा रहेका विभिन्न संघ संस्थाहरुलाई बोधार्थ गराएका संघ संस्थाहरु
अध्यक्ष याँ गौं साखा ‘ अखिल म्यान्मा देशी य गोर्खा हिन्दु धार्मिक संघ
अध्यक्ष महिला विभाग याँगौं सारा अखिल म्यान्मा गोर्खा हिन्दु धार्मिक संघ
अध्यक्ष युवा विभाग श्री राम जानकी मन्दिर संचालन समिति
NRNA Myanmar
अध्यक्ष श्री राम जानकी मन्दिर संचालन समिति
गराएर  लेखेको पत्र यसप्रकार रहेको छ ।

inbound1850623390

यसरी नियम कानुनलाई एकातिर राखेर मैखिक रुपमा जागिरबाट निकालेर वर्मामा स सैनिक सासन ले जनतालाई गाह्रो बनाइरहेको बेलामा कोरोना कहरले कतिपय उद्योग धन्दाहरू बन्दभएर मानिसहरू वेरोजगार भैरहेको बेलामा आफुले लामो समयदेखि खाइपाई आएको जागीर पनि एकै वचनमा चैट हुदा आफु रआफ्ना साना लालावाला र श्रीमती कसरी पालने भन्ने चिन्ताले सताएको छ मलाई पुनः मेरो काममा पुर्नवाहली गराइदिएमा म मेरो काम इमान्दारीताका साथ पुरागर्न तत्पर रहेको छु भनि सवारी चालक भुषाल ले आफ्नो पत्रमा उल्लेख गरेका छन । सम्माननिय कार्यवाहक राजदुत एकपटक यो कुरालाई मनन गरी यदि चालकवाट गल्ती नै भएको भएपनि आफ्नो कर्मचारीलाई एकपटकलाई सुध्रीने मेका पनि दिनेकी ?


Translate »