नेपालबाट आएका ४ जनामा देखियो कोरोना फेरी हङकङको उडानमा प्रतिबन्ध


17BD4B08 D32A 4664 AD89 646D7A53CA8F

नारायण भण्डारी हङकङ १६ डिसेम्वर २०२१

नेपाल एयर लाईन्स को उडान RA409 मार्फत १४ डिसेम्वर २०२१ मंगलवार नेपालबाट आएका नेपालीहरुमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसरी हरेक पटकको उडानमा कोरोना पोजेटिभ देखिन थालेपछि हङकङ सरकारले नेपाल एयर लाईन्सलाई पुनः २ हप्ताको लागि उडानलाई बन्देज लगाएको छ।

मंगलवार आएका यात्रुहरुमा वयस्क उमेरका यात्रुहरु रह्का छन जसमध्ये २ जना पुरुष र २ जना महिला रहेको कुरा स्वास्थ्या महासाखाले जनाएको छ। उनीहरुमा एयरपोर्टमा अनअराईभल चेकजाच गर्नेक्रममा कोरोना पोजेटिभ देखिएको हो।

यसरी हङकङ आउने यात्रुहरुमा दोहोरिएर कोरोना पोजेटिभ देखिएपछि फेरी पनी नेपाल एयर लाईन्सलाई १४ दिनको लागी बन्देज लगाएको हो जसको कारणले १६ डिसेम्वर देखी २९ डिसेम्वर सम्म उडान भर्न प्रतिबन्ध लगाएको हो।

 


Translate »