नारायण भण्डारी हङकङ ११ अक्टोवर २०२३
नेपालीहरुको माहान चाड पर्वहरु नजिकिदै गैरहेका छन यसैको पूर्वसन्ध्यामा आउने माहान कार्य स्रोह्र श्राद्ध (पितृ पुजा) गर्नको लागि पनी नेपालीहरु समय समयमा नेपालमा गएर आफ्नै घरमा श्राद्ध गर्नेहरु पनि छन। त्यसरी नै यस पुनित कार्यगर्नको लागि छुट्टि मिलाएर नेपाल जादा सबै ठूला चाडबाडहरु पनि समेटिने तवरले छुट्टि मिलाएको पनि भेटियो तर बिडम्वना हाम्रो नेपाल एयरलाईन्स न त समयमा उड्छ न त समयमा पुग्छ न त्यस्तो सेवा सुबिधा नै छन तर पनि हामी नेपाली जतिठुलो होटल रेष्टुरेण्टमा खानाखान गएपनि दालभात/ मासुभात वा खाजामा मोमो चाउमिन अडर नगर्नेहरु प्राय भेटिदैनन जाहाज पनि त्यस्तै त हो।
खासमा कुरो यसपालिको मात्र पनि हैन यहा हङकङमा नेपाल सरकारका तालुकदार निकायहरु न त नेपाल राजदुताबास न नेपाल एयर लाईन्स दुबै एउटा ड्याङका मूला भएका छन। सबैको कमाउ धन्दा बाहेक सेवा भाबको रुपमा आउने तर यहा कमाई राम्रो हुने हुनाले होला यहॅा आउनको लागि पनि राम्रै पेटि बुझाउन पर्ने र सिमित समयको लागि हुनेहुनाले सेवाभाव भन्दा कमाउधन्दामा लागेको भन्ने आरोप पनि लाग्दै आएकै छन र सामाजिक सञ्जालमा पनि चर्को बहस र घृणा पोखिएकै हुन्छ।
कुरा नेपाल एयरलाईन्सको गरौ यहि ७ अक्टोवर २०२३ को नियमित उडानको लागि उच्च मुल्यमा टिकट काटेर २/४ दिन अगाडि बाटै छुट्टिलिएर सपिङगर्ने घरभाडाहरु तिर्ने, बत्ति पानीको बिल तिर्ने र सामान मिलाउने गर्दा नै ३/४ दिन बितिसकेको हुन्छ र आउछ नेपाल जाने वा उड्ने भन्ने दिन हतार हतारमा हेयर स्टेट गर्ने, फेसियल गर्ने, मेडिकेयर र पेडिकेयर समेत गरेर को भन्दा को कम बनेर जान मन सबैलाई हुन्छ नै यि सबैकुरा सकेर एयरपोर्ट जान तयार हुदै सजिलोको लागि ट्याक्सि वुबर वा गोगो भ्यान समेत बुक गरेर जाने प्रचलन हामी नेपालीहरुमा ह्वात्तै बढ्दोछ। यति गरेर ट्याक्सि घरमा आउछ र सामान लोड गरि ट्याक्सिमा बस्न लाग्दा हतार हतार साथीको फोन ट्वार कि ट्वार गरी बज्छ र एकै सासमा साथीले कुरा सक्काउछ आर ए त मरेछ नी दलाल हरुले लुट्नुलुटे अब हिड्ने बेलामा जाहाज नेपालबाटै आएन रे नेपाली न हो त्यो पनि गोर्खे रिसको पारो ह्वात्तै बढेर नेपाली पारामा गाली गर्दै सामान निकालेका पनि छन र जाहाज क्यान्सिल भएको खवर सामाजिकवसञ्जालमा पनि पाईन्छ।
अनि ७ तारिख जाहाज नआएपछि ८ अक्टोवरमा आउने कुरा भयो आफन्त र परिवारलाई एयरपोर्ट पुर्याउन मिलाएको छुट्टि पनि खेर गयो अब ८ तारिख कसले पुर्याउने को जाने तर दुर्भाग्य जाहाज फेरी पनिनआएन रे भाका सर्यो १० अक्टोवर मंगलबारलाई तर मंगलबारको फ्लाईटको लागि सोमवार बाटै हल्ला चल्यो र नेपाल एयरलाईन्सको अफिसबाटै जाहाज आउदैन ट्रान्जिट पारेर जानुहोस हामी सहजिकरण गरिदिन्छौ तर एयर फेयर उहिनै हुन्छ अर्थात तपाईले किनेको टिकटको पैसा त्यति नै तिर्नुपर्छ यति भन्दा सहजै लख काट्न सकिन्छ कि प्रति यात्रु १५००$ देखी २५००$ हामीनै कमाउछौ यो घुमाउरो पारामा लुटतन्त्र चल्न थालेको छ। सहज रुपमा सबैलाई थाहा भएकै कुरा हो ट्रान्जिट पारेर जादा पैसा सस्तो हुन्छ समय अलिकति बढिलाग्छ। यसरी हिजो सोमवार र आज मंगलवार गरी सयौ यात्रु महंगो मुल्यमा धेरै समय खर्चेर बाध्यतामा परी तेस्रो मुलुक हुदै नेपाल उडेका छन।
हङकङमा नेपालीहरुका करिब २५० संघ संस्था छन के ति संघ संस्थाहरुले कहिले यस्ता कुरामा बोलेका छन? हुन त कोरोनाका बेलामा १,२५,००० भन्दा धेरै भाडा एकतर्फि तिरेर पनि यात्रा गरेकै हो केहि नामुद संघ संस्थामा तपाईहरु बोल्नुपर्छ र आबाज उठाउनुपर्छ भन्दा उक्त संस्थाका त्यपछिका कार्यक्रममा हामीलाई नै ब्लक गरेर नबोलाएका घटना पनि कुनै ठूलो कुरा होईन। के हङकङका भट्टिहरु र एम टि आर वा किराना पसलमा बसेर मात्रै यस्ता बिकृती र बिसंगतीको लुटतन्त्रको बारेमा गफमात्रगर्ने वा कुनै संस्थाले यस बारेमा सार्बजनिक बहस र अन्तरक्रिया कार्यक्रम गर्न आट देखाउला ?
३ पटक भाका सारेर आज आउदैन भनेको जाहाज त आयो त्यो पनि २०ः४५ त्यसपछि २२ः४५ मा उडान भर्ने भनेको अन्तिममा मध्यरात सम्मपनि नेपाल एयरलाईन्स उड्ने साहास बटुल्न सकेको थिएन आखिर नेपाली न हो २/४ घण्टा पछि त भै हील्छ नी भनेर चित्तबुझाउनु बाहेक कुनै बिकल्प छैन ।
हेरौ आज मलेसियन एयरलाईन्स मार्फत हङकङ मलेसिया हुदै नेपाल जाने केहि यात्रुहरुले पोखेका पिडाहरु लाईभ जस्ताको तस्तै
📸 Take a look at this post https://fb.watch/nBfm40uEpe/?mibextid=8nno9T