नारायण भण्डारी हङकङ ५ जनवरी २०२२
नेपाली ध्वजाबाहक हजाज नेपाल एयर लाईन्सलाई नियमित रुपमा बन्देज फुकुवा हुदै हरेक हप्ताको मंगलवार उडान भर्दै आएको नेपाल एयर लाईन्स पुनः २ हप्ताको लागी बन्द भएको छ।
दुई हप्ताको लागी भनेता पनी करीव ३ हप्ता नेपाल एयर लाईन्सले उडान भर्न पाउने छैन किन भने सेड्युल अनुसार ६ जनवरी देखी १९ जनवरी सम्म बन्देज भएपनी नेपाल एयर लाईन्सको उडान हरेक मंगलवार हुनेहुनाले अव मात्र जनवरी २५ मा अर्को उडान नेपाल एयर लाईन्सले हङकङमा गर्ने कुरा नेपाल एयरलाईस हङकङ कार्यालयले गुल्मेली अनलाईन संगको टेलिफोन कुराकानीमा बताएको हो।
यदि तपाईहरुले ११ र १८ जनवरीको लागी टिकट लिनुभएको छ भने तपाईको टिकट एजेन्ट संग संपर्क गर्नुहोला ।