नारायण भण्डारी
नेपाल बिधुत प्राधिकरणका निवर्तमान प्रमुख हितेंद्र देव शाक्य आफुलाई अन्याय परेको भन्दै सर्वोच्च अदालत पुगेका छन । बिगत ११ महिना प्राधिकरणमा प्रमुख भएर काम गरेपनी उनले प्राधिकरणमा प्रगति गराउनुको साटो उल्टै प्राधिकरणमा रहेको संचित माफी ११ अर्व नाफाबाट ५ अर्वमा झाकेका थिए भने नेपालमा अन्त्य भएको लोडसेडिङलाई पुन: विउताएका थिए।
निवर्शातमान प्रमुख शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । शाक्यले आफु बिदामा बसेको बेला आफ्नो स्थानमा कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै उनले रिट निवेदन दर्ता गराएका हुन् ।
आफूले पदबाट राजीनामा पनि नदिएको र वैधानिक रूपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको तर घिसिङलाई नियुक्त गरिएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् । स्मरण रहोस मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।