नारायण भण्डारी हङकङ ३० डिसेम्वर २०२३
नेपालको सुन्दर पहाडि जिल्लामा जन्मेर आफ्नै जिल्लालाई कर्म भुमी बनाउदै नेपालभरीकै न्यूज कभरेज गर्न र सामाजिक कार्यगर्न लम्केको यूवा जो आफ्नो कलिलो उमेरमानै सयौ उदाहरणिय कार्य गरेर जनताको मन मनमा बस्न सफल यूवा पत्रकार एवं यूट्यूवर मोहन बस्नेतले आफ्नो बैबाहिक समारोहमा गरीने तडक भडकलाई हटाएर मंसिर १३ गते सरु आचार्य संग सामान्य रुपमा बिबाह बन्धनमा बाधिए त्यसको लगत्तै उनले घोषणा गरेकी मेरो बिबाहमा गरीने खर्चले म आफ्नै गाउमा स्वास्थ्य सिविर चलाउछु भन्ने घोषणा गर्दा मेरो मन पनि निकै रमाएको छ।
यूट्यूवर एवं पत्रकार मोहन बस्नेतद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा प्रदान पनि गरिसकेका छन। उक्त सामाग्री उपल्लो तम्घास माध्यमिक विद्यालय, तम्घासमा अध्ययनरत २७ जना बहिरा तथा सुस्तमनस्थिति भएका विद्यार्थीहरुलाई हिजो न्यानो कपडा कपडा प्रदान गरेका छन।
फोटो साभार सामाजिक सञ्जालबाट
यसैगरी पुष १४ अर्थात आज हुने शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु, नसा तथा हाडजोर्नी र मनोरोग विशेषज्ञ चिकित्सकले सेवा दिने पनि उनले बताए। शिविरमा आवश्यकता अनुसार निःशुल्क इसिजी, रगत परिक्षण, भिडियो एक्सरे सेवा पनि उपलव्ध गराईने कुरा उनले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन।
‘स्वस्थ तन, स्वस्थ मन: तपाईंको आशिर्वाद, हाम्रो मिलन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको शिविरमा स्वास्थ्य सेवा लिई मौकाको फाइदा लिनुहुन समेत उनले आग्रह गरेका छन।