नारायण भण्डारी हङकङ २८ मार्च २०२२
हङकङमा नेपालीहरु अर्थात गोर्खालीहरु बाहादुर छन भन्नेकुरा हाम्रा पिता पुर्खाले राखेको ईज्यत कहिलेकाहि पुनस्ताजगि गराउन युवाहरुले पनी छोडेका भने छैनन एउटा ओली बा को उखानको याद हो “ नेपाली हो चान्सपाए देखाईहाल्छ”
हिजो २७ तारीक दिउँसो करिब ३ बजे तुङ चुङको मुन तुङ इस्टेट नजिक रहेको तुङ चुङ रोड सकर पिचमा रहेको मोबाइल नमूना केन्द्र अर्थाक कोरोना परिक्षण गर्ने अस्थाई केन्द्रमा एक नेपाली पुरुषले एक पुरुष नर्सलाई घाइते बनाएका छन। घटनाका प्रत्यक्षदर्शीले प्रहरीलाई सहयोगका लागि फोन गरेर बोलाएका थिए ।
पक्राउ परेका २४ वर्षीय नेपाली निर्माण क्षेत्रमा कामगर्ने मजदुर रहेको बुझिएको छ ।कोरोना परिक्षण गर्न उनले आफ्नी श्रीमती र आफ्ना १ र ३ वर्षका छोराछोरी गरी चार जनाको परिवारलाई परिक्षणको लागि लगेका थिए। जुन क्रममा पुरुष नर्सले तीन वर्षको बच्चाको हेरचाह गरेका थिए। जब उक्त पुरुष नर्सले बच्चाको नसल स्वावको लागि उसको नाक उठायो, तर बच्चाले प्रतिरोध गर्यो र बान्ता गर्यो।
त्यसपछि नेपाली पुरुषले अगाडि बढेर सिधै पुरुष नर्सलाई हातले मुखमा हानेर तल धकेले तत्काल घटनास्थलमा पुगेको प्रहरीले सामान्य कुटपिट गरेको आशंकामा नेपाली युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनलाई हाल हिरासतमा राखिएको छ । पुरुष नर्सको बङ्गारा, हात र ढाडमा चोट लागेको थियो र उनलाई उपचारको लागि प्रिन्स मार्गरेट अस्पताल लगिएको थियो। यो मुद्दा अनुगमनको लागि लान्ताउ नर्थ युनिफर्म पट्रोल टिमलाई सुम्पिएको थियो।
याद गरौ हङकङमा झगडा गर्नु होहल्ला गर्नु र कसैलाई गालिगर्दा पनी केसलाग्छ भने हात हाल्यो भने निकै नराम्रो रुपमा हेरिन्छ त्यसैले कसैले पनी कानुनलाई हातमा लिने कोसिस नगरौ केहि अन्याय अत्याचार भए प्रहरीलाई बोलाउदा राम्रो हुन्छ।