नारायण भण्डारी २४ मंसिर २०७८
नेपाली कांग्रेस भन्नेबित्तिकै आजकाल नेपाली कांग्रेसमा आस्था राख्ने सबै मानिसहरुले संझने र विर्सनै नसक्ने नाम हो गगन थापा विधार्थी जिबन देखिनै सक्रिय राजनीति गरेका र सबैको मन मुटुमा बस्न सक्ने र वजनदार भाषण गर्ने र संसदमा पनी निकै दरो रुपले तथ्य सहित बोल्ने नेता हुन गगन थापा ।
विधार्थी कीलमा ढुंगा हान्ने देखी लिएर हरेक राजनीतिक कार्यक्रमहरुमा गगन थापाको नाम अग्रपङ्तिमा नै आउछ। उनके भाषण सुनेर मानिस कहिल्यै थाक्दैनन तर तिनै थापाले पार्टिलाई हाकेको हेर्ने ईच्छा तमामा राजनीतिमा आस्था राख्ने सबै नेपालीहरुको रहेको छ।
यसरी पार्टिकोलागी सानै उमेरबाट लागिपरेका थापाले मन्त्रालय समेत संहालेको अनुभव उनीसंग रहेको छ र अव नेपाली कांग्रेस पार्टिलाई हाक्ने र देशको प्रधान मन्त्री भएर एकपट देशकै प्रधान मन्त्री समेत बनेर देशलाई निकास देओस भन्ने चाहाना धेरै नेपालीको मनमा रहेको छ र सामाजिक संजालमा पोखिन्छ पनी।
कपाल नफुलेसम्म आलीकाचाको सुचिमै रहने र कपाल पुरै सेताम्मे भएपछि युवा नेताको उपादि पाउने परिपाटि नेपाली रीजनीतिमा हावीनै रहेको छ। तर यो प्रकृया अव हरेक पार्टिले त्यागेर युवा जोस जीगर र क्षमता भएका व्याक्तिलाई अवसर दिएर पाका रोगी र वृद्द उमेरकी नेताहरुले पार्टिको सल्लाहकारको रुपमा वसिदिनेहो भने पक्कैपनी नेपाल देशले पनी छिट्टै बिकाशको मुहार फेर्न सक्नेमा सायद दुईमत नहोला।
अहिले सबै पार्टिहरुको महाधिवेशन चलिरहेको र रा प्र पा बाहेक कुनै पार्टिमा पनी युवालाई अगाडि सारेर पार्टिको ह्यान्डिल समाउन दिनेमा आसंका नै गर्न सकिन्छ। आखिस पदलोलुपबाट माथि उठेर पार्टि र देशलाई नै निकास दिनुपर्ने बेला आएको छ ।
एकातिर विश्वमानै फरक संस्कृती रहेको नेपालको संस्कृती मास्नको लागि पश्छिमाहरु निकै सल्वलाई रहेका छन र डलरकै भरमा देशलाई धर्मनिरपेक्ष गरियो जुन संविधान वनाउने ८०% सांसदहरुलाई नै गलत व्याख्या गरेर धर्मनिरपेक्ष देश बनाईयो जसबाट नेपालमा विभिन्न बिदेशी शक्तिहरुले एन जि ओ मार्फत विविध गलत र धर्मबिरेधी र धर्म परीबर्तन गराउने उधेश्यले नेपाल सरकारमा फरक उधेश्य देखाएरै धन्दा गरिरहेका छन।
नेपालको मौलिक धर्मसंस्कृती र बेदभुमी नेपाललाई जसले आफ्नो मौलिकता दिनसक्छ उसैलाई जनताको पुरापुर समर्थन रहनेमा दुईमत हुनेछैन। सानो देशलाई लुट्नेबाहानार जनतालाई छक्याएर विकासको गतिदिन लादिएको संघियता र सात प्रदेशबाट जनता वाक्क दिक्क भैसकेका छन सयौ छोटे राजाहरु जन्मिएका छन जसबाट सामुहिक र संगठित भ्रष्टाचार हत्या हिंसा र वलत्कारका केश दानिक बढिरहेका छन जसमा अपहरण र घरेलु हिंसाको कुरा गरि साध्य नै छैन आखिर यो सब हुनुमा धर्मनिरपेक्षताको प्रमुख भुमिका रहेको छ।
पहिले पहिले मानिसहरु पापकर्म गर्न डराउथे पाप लाग्छ भन्थे अहिले मानिसमा जुनसुकै तवरले पनी धनि र पावरवाला हुवे होडवाजि छ अरुलाई रुवाउदा आफ्नो आत्ममा शान्ति मिल्दैन अरुलाई लुटेको धनले एकदिन अवस्य पोल्छ भन्ने कुराहरु मानिसले विर्सिसकेका छन सरु युरोप र अमेरिकामा बैदिक सनातनको शिक्षा पठनपाठन हुनथाल्यो हाम्रो देशमा नैतिक शिक्षा संस्कृत शिक्षालाई नै पाठ्यक्रमवाट हटाईयो अनि कसरी कुन शिक्षाले नागरिक नैतिकवान वन्न सक्लान?
महामन्त्री पदका उमेद्वार गगन थापालाई विजयके अग्रिम शुभकामना पार्टिको मुल्य मान्यता र सिद्दान्तलाई अंगालेर अगाडि बढ्नुहोला शुभकामना गगन दाई ।