हङकङमा अर्धबैसे नेपाली युवती बिल्डिङबाट खसिन भिडियो सहित


 

नारायण भण्डारी हङकङ ३१ अगष्ट २०२२

हिजो ३० तारिखका दिन हङकङमा नेपाली महिलाहरुले नाचगानका साथ साथै हर्सोल्लाथका साथ नेपाली हिन्दुधर्मालम्बी महिलाहरुको माहान चाड हरितालिका (तिज) मनाईरहेका थिए तर हिजोकै दिन हङकङमा नै कुनै एक नारी त्यहि दिन उनी बिल्डिङबाट तल रोडमा खसिन।

भिडियो

 

हङकङको जोर्डनमा रहेको वुसुङ स्ट्रिटमा एक अर्धबैसे नेपाली युवतीले आफुबस्ने बिल्डिङबाट तल रोडमा खसेर रगताम्मे भएकी छन र त्यहा हिड्ने नेपालीहरुले सोध्दा समेत आफु खसेको ठाउ हातले बताएकी छन र टाउको उठाउने प्रयास पनी गरेकी छन घटनाको बाकी बिस्तृत बिबरण र अपडेट प्राप्त भएपछि हामी तपाईलाई जानकारी गराउनेछौ।

कोरोना माहामारीका कारणले हङकङका स्थानीयहरुमा समेत नराम्रो आर्थिक अवस्थाका कारणले प्राणत्याग गर्नेकुरा सामान्य जस्तै भएपनी हामी नेपालीहरुको लागि भने असामान्य लाग्छ र अहिले सम्म त्यसकिसिमका घटना नेपालीहरुमा घटेका छैनन किनकी हामीलाई हङकङमा बस्नुमात्र उपाय हैन हाम्रो जायजेथा संपत्ती नेपालमा पनी रहेको हुन्छ। भलै परिवारसंग बेमती भएमा बा श्रीमान/ श्रीमतीले ऋणमा डुवाएपनी छुट्टिएर एक्लै सन्तानसंग पनी बस्न सकिन्छ। आम्दानीको लागि हङकङ सहरलाई पैसाफल्ने बोटको रुपमा पनी चर्चा गरीन्छ भलै कमाउन नसकेपनी सरकारले बिभिन्न योजना बनाएर न्युन आम्दानी हुने आम्दानी नहुने, असक्त र सिंगल मदरहरुलाई पालनपोषण पनी गर्दै आइरहेको छ।

तपाईले तपाईको परीवारमात्र हेरेर आत्महत्या गर्नु एकदमै कायर पन हुनसक्छ तपाईले आफुभन्दा कमजोर मानिसलाई हेर्नुहोस र चित्त बुझाउन सजिलो हुन्छ। सरकारले पनी आत्महत्याका घटनाहरुलाई कमगर्न दोभासे सहित २४ सै घन्टा काउनसेलिङ गर्ने हटलाईनको व्यवस्था गरेको छ।


Translate »