नेपाली महिला हङकङको तिज धमाका चिट्ठामा रिङ देखी सारी हुदै नगद सम्म


573FF603 C604 49D4 A2DA BBD9F94AEBE0

नारायण भण्डारी ६ सेप्टेम्वर २०२१

नेपाली नारीहरुको माहान चाड हरितालिका तिज को उपलक्षमा हङकङमा विविध कार्यक्रम सबै संघ संस्थाहरुले आ-आफ्नै तरीकाले सम्पन्न गरेका छन बिशेष गरी हङकङ लगायत प्रवासमा रहने नेपालीहरुले चाडपर्व मनाउदा चाडपर्व मनाउन सोहि दिनमानै मनाउन नपाएपनी त्यसैको सम्मुखको आईतवार (छुट्टिको दिन) मनाउने गरिन्छ।

यसैक्रममा नेपाली महिला हङकङको आयोजनामा हङकङको जोर्डनमा रहेको लुम्बिनी कलवमा दिउसो करिव २ बजेदेखी राती ८ बजेसम्म निकै रमाईलोका साथ नेपाली नारीहरु सारीमा सजिएर नाचगान गरेका थिए।उक्तकार्यक्रको रौनकतादेख्दा  उपस्थित हुने जो कोहिलाईपनी प्रदेशमा रहेको महसुस हुदैनथ्यो। सबै नेपाली दिदी बहिनीहरु आ-आफुलाई मनपर्ने रङको सारीमा सजिएर को भन्दा को कम भन्दै नाचेर निकै रमाईलो गराएका थिए।

उक्त कार्यक्रममा सायद हङकङका अन्य संघ संस्थाले भन्दा आकर्षक मुल्यमा कार्यक्रको आयोजना गरिएको थियो र गुपचुप रुममा चिट्ठाकार्यक्रमको पनी आयोजना गरिएको थियो कार्यक्रम संचालिका एवं उक्त संस्थाकी अध्यक्ष निशा बस्नेतले आफुहरुले चिट्ठाकार्यक्रम  पनी राखेको अर्थात सहभागी सबैलाई लक्किड्रमा सहभागी हुन अनुरोध गरिरहदा उपस्थित सबै दिदीबहिनीहरुले मुखामुखपनी गरिरहेका देखिन्थे।

उक्त कार्यक्रको आयोजना नेपाली महिला हङकङकी अध्यक्ष निशा वस्नेत,  रिश्ता लिम्वु, कृष्णा र अन्य साथीहरु मिलेर आयोजना गर्नुभएको उक्तकार्यक्रम नेपालीहरुको घनावस्ती रहेको जोर्डनमा रहेको लुम्बिनी क्लवमा आयोजना गरेको हुनाले सहभागि महिला दिदीबहिनी हरुले क्लवको हल खचाखच भरिएको थियो। उक्त कार्यकर्ममा भाग्यचिट्ठाको रुपमा बाडिएको उपहारहरुमा सारी, कुर्ता ,रिङ र साथमा नगद उपहारहरु पनी वितरण गरिएको थियो उक्त उपहारहरुको प्रायोजन गर्नेहरुमा यूनिक सारी कर्नर (मिनी चुङ्किङ) एलिजा लेडिज कर्नर, प्रनिता तामाङ र रिश्ता लिम्वुले समेत प्रायोजन गर्नुभएको थियो। उक्त कार्यक्रमको प्रतक्ष प्रसारण फेसवुक लाईभ मार्फत गुल्मेली अनलाईन टिभीले कार्यक्रम अवधिभर लाईभ प्रसारण गरीरहेको थियो।

 


Translate »